aarthiknews.com शनिबार, २० मंसिर २०७७   Saturday, 05 December, 2020
 

नक्कली भ्याट बिल प्रयोग गर्ने युनिक वाइडविरुद्ध साढे ३७ करोड बिगो दाबीसहित मुद्दा दायर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० असार २०७७
नक्कली भ्याट बिल प्रयोग गर्ने युनिक वाइडविरुद्ध साढे ३७ करोड बिगो दाबीसहित मुद्दा दायर
LBEF
Nabil Bank

काठमाडौं । झुठा र नक्कली भ्याट बिल प्रयोग गरेर राजस्व छली गरेको आरोपमा काठमाडौंको युनिक वाइड इन्टरनेशनल प्रालीविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर भएको छ ।

राजस्व अनुसन्धान विभागले युनिक वाइडविरुद्ध ३७ करोड ६० लाख रुपैयाँ बिगो असुल र कैद माग दाबी गरेर मुद्दा दायर गरेको हो । युनिक वाइडले वस्तु तथा सेवा खरिद नै नगरि झुठा र नक्कली कर बिजकको आधारमा कारोबार गरेको भेटिएको राजस्व अनुसन्धान विभागले जनाएको छ ।

विभागले नक्कली भ्याट बिल उपलब्ध गराउने भुवन पाण्डेलाई पनि प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको छ । 

प्रतिक्रिया दिनुहोस