aarthiknews.com बुधबार, २८ साउन २०७७   Wednesday, 12 August, 2020
 
Bajaj_Bike
Tasen

कोरोनाको जोखिम टरिसकेको छैन, सार्वजनिक यातायातमा सकेसम्म यात्रा नगर्नूः स्वास्थ्य मन्त्रालय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० असार २०७७
कोरोनाको जोखिम टरिसकेको छैन, सार्वजनिक यातायातमा सकेसम्म यात्रा नगर्नूः स्वास्थ्य मन्त्रालय
LBEF

काठमाडौं । स्वास्थ्य जनसंख्या मन्त्रालयले सार्वजनिक सवारी साधनमा अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ। स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाको जोखिम अझै रहेकाले अनावश्यकरूपमा सार्वजनिक सवारी साधना सकेसम्म प्रयोग नगर्न आग्रह गरेका हन् । 

उनले भने, ‘कोरोनाको जोखिम टरिसकेको छैन, सर्वसाधारणको जनजीवन सहज होस भन्‍ने उद्देश्यले सार्वजनिक यातायात सञ्चालन गर्न दिइएको हो। तर अनावश्यकरूपमा सार्वजनिक सवारी सकेसम्म प्रयोग नगर्न अनुरोध छ ।’ 

कोभिड १९ को समस्या समाधान भइसकेर सार्वजनिक यातायात सुचारु गरेको भने नबुझी दिन सर्वसाधारणलाई आग्रह गरिएको प्रवक्ता गौतमले बताए। उनका अनुसार जनजीवनलाई कठिनाइका बाबजुत सावधानी अपनाएर अगाडि बढ्नुपर्ने अवस्था आएको छ। 

‘सार्वजनिक यातायातको यात्रा कोभिडभन्दा पहिलाको अवस्था जस्तै सामान्य हो भनेर रुपमा नबुझी दिनुहुन आग्रह गर्दछु’ उनले भने, ‘यात्रा गर्नुपर्ने भएमा एकअर्काको दूरी कायम गरी मास्कको अनिवार्य रुपमा प्रयोग गरेर मात्र यात्रा गर्नुहोला।’ यात्रा गर्दा हरेक व्यक्तिले कोरोनाको संक्रमण फैलाउन सक्छन भन्‍ने हेक्का राखेर यात्रा गर्नलाई उनले आग्रह गरे। कोभिड १९ को संक्रमणसँग मिल्दोजुल्दो लक्षण वा  कोरोना लागेको शंका देखिएमा सार्वजनिक यात्रा नगर्नलाई उनले जोड दिएका छन् । 

प्रतिक्रिया दिनुहोस