aarthiknews.com बुधबार, २१ साउन २०७७   Wednesday, 05 August, 2020
 
Bajaj_Bike
Tasen

घुस लिएको अभियोगमा नासु  पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० असार २०७७
घुस लिएको अभियोगमा नासु  पक्राउ
LBEF

सप्तरी । भूमिसुधार तथा मालपोत कार्यालय सप्तरीका एक कर्मचारी आज घुस लिएको अभियोगमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले  कार्यालय सप्तरी राजविराजका नायब सुब्बा कृष्णबल्लभ ठाकुरलाई  पक्राउ गरिएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार  कार्यालय राजविराज, सप्तरीमा कार्यरत नासु ठाकुरलाई सेवाग्राहीसँग घुस लिएको भनिएको अवस्थामा पक्राउ गरिएको हो । ठाकुरलाई ट्रायल चेक गरी बढी जग्गाको स्रेस्ता कायम गरी दिने प्रयोजनका लागि घुस लिएको अभियोग लगाइएको छ  ।

सेवाग्राहीबाट लिएको भनिएको रु १३ हजार सहित उनलाई कार्यकक्षबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस