aarthiknews.com विहीबार, २२ साउन २०७७   Thursday, 06 August, 2020
 
Bajaj_Bike
Tasen

कस्तो रहला आज दिनभरको मौसम ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० असार २०७७
कस्तो रहला आज दिनभरको मौसम ?
LBEF

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजदेखि वर्षा केही कम हुने अनुमान हुने जनाएको छ । यसअघि नेपाल नजिक रहेको मनसुनी न्यून चापीय रेखा केही दक्षिण (भारततर्फ) सरेकाले हिजो र अस्तिको तुलनामा आज वर्षाको मात्रा केही घट्ने अनुमान मौसमविद्ले गरेका हुन्।

महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि सामान्यसम्म मौसम बदली छ भने बागमती, गण्डकी, ५, कर्णाली र सुदूपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।

त्यस्तै,  दिउँसो पनि देशका केही स्थानमा यस्तै किसिमको वर्षा जारी रहने तथा राति प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस