aarthiknews.com शनिबार, २४ साउन २०७७   Saturday, 08 August, 2020
 
Bajaj_Bike
Tasen

होस्पितालिटी क्षेत्रका लागि नयाँ प्रोटोकल सम्बन्धि अनलाइन प्रशिक्षण सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २९ असार २०७७
होस्पितालिटी क्षेत्रका लागि नयाँ प्रोटोकल सम्बन्धि अनलाइन प्रशिक्षण सम्पन्न
LBEF

काठमाडौं । नेपाल पर्यटन बोर्डको सहकार्यमा ग्लोकल अफ्टर स्कूलद्वारा २ दिने सुरक्षा र सरसफाई प्रोटोकल प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सुरक्षा र सरसफाई प्रोटोकलको बारेमा होटल, ट्राभल एण्ड टुरिज्म उद्योगका सदस्यहरुमा जागरूकता जगाउने उदेश्यका साथ प्रशिक्षण सञ्चालन गरिएको थियो । 

होटल, ट्राभल र टुरिज्म उद्ध्योगका सदस्यहरूलाई सुरक्षा प्रोटोकलकोबारेमा जानकारी गराउने लक्ष्यका साथ जुलाई २ तारिख प्रशिक्षण सुरु गरिएको थियो। अहिलेको महामारीक अवस्थामा रही कसरी आफ्नो व्यवसायलाई सुरक्षित रुपमा सुचारु गर्न सकिन्छ भन्ने विषयलाई ध्यानमा राखी प्रशिक्षणको सुरुवात गरिएको थियो । प्रशिक्षणमा २ प्रमुख विषयहरू Fundamentals for Secured Stay & Experience / Digital Marketing समेटिएका थिए ।

सोहि प्रशिक्षण ग्लोकल अफ्टर स्कूले विभिन्न संस्थाका जस्तैः Hotel Association of Nepal (HAN); Trekking Agencies' Association of Nepal (TAAN); Nepal Association of Tour and Travel Agents (NATTA); Nepal Association of Rafting Agencies (NARA); Restaurant and Bar Association of Nepal (REBAN) र  Tourist Bus Association of Nepal (TBAN)  का सदश्यहरुलाई प्रदान गरिएको थियो ।

यी उद्योगहरूमा कोभिड १९ द्वारा सिर्जना गरिएका अवरोधहरूको वास्तविकतासँगै सहभागीहरूलाई सचेत र जानकारी दिन मात्र नभएर उनीहरूको महत्त्व बुझ्न र प्रोटोकल कार्यान्वयन गर्न सहयोग गर्न तालिमको थालनी गरिएको हो । तालिममा नेपालका विभिन्न शहरहरू र संगठनका ५०० भन्दा बढी सहभागीहरूलाई प्रदान गरिएको थियो ।
 

प्रतिक्रिया दिनुहोस