aarthiknews.com शनिबार, २४ साउन २०७७   Saturday, 08 August, 2020
 
Bajaj_Bike
Tasen
पेट्रोलियम पदार्थ

खरिद मूल्यभन्दा कर बढी, काठमाडौं आइपुग्दा १०२ रुपैयाँ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २९ असार २०७७
खरिद मूल्यभन्दा कर बढी, काठमाडौं आइपुग्दा १०२ रुपैयाँ
LBEF

काठमाडौं । रक्सौलदेखि काठमाडौं आइपुग्दा पेट्रोलको मूल्य साढे दुई गुणाले वृद्धि हुने गरेको छ । रक्सौलमा ४१.५३ रुपैयाँ पर्ने पेट्रोलको मूल्य काठमाडौं आइपुग्दा करसहित विभिन्न खर्च जोड्दा १०२ रुपैयाँ पर्ने गरेको हो । निगमले आम उपभोक्तासँग पेट्रोलियम पदार्थमा परल मूल्यभन्दा कर लिने गरेको हो । सरकारले ४१.५३ रुपैयाँमा किनेको पेट्रोल  काठमाडौंमा १०२ रुपैयाँमा बिक्री गरिरहेको छैन । आम उपभोक्ताले प्रतिलिटरमै पेट्रोलमा ५३.४८ रुपैयाँ राजस्व नै तिर्छन् ।

निगमले ४४.९१ रुपैयाँ परल मूल्य रहेको डिजेलमा ३६.५३ रुपैयाँ कर लगायत अन्य विभिन्न खर्च जोडेर प्रति लिटर पेट्रोल ८८ रुपैयाँमा बिक्री गर्ने गरेको छ । डिजेलको सडक मर्मत सम्भार र मूल्य स्थिरिकरण कोष राख्ने रकम भने पेट्रोलभन्दा कम लिने गरेको छ । 

 निगमले प्रतिलिटर पेट्रोलमा २५.२३ रुपैयाँ भन्सार शुल्क नै लिने गरेको छ । यो महसुल प्रज्ञापन शुल्क सहितको हो । सडक मर्मत तथा सम्भारमा ४ रुपैयाँ, पूर्वाधार विकास कर १० रुपैयाँ, प्रदुषण शुल्क साढे एक रुपैयाँ, र मूल्य अभिवृद्धि कर ११.७३ रुपैयाँ लिने गरेको छ । यसका साथै निगमले मुल्य स्थिरीकरण कोषको लागि समेत १.०२ रुपैयाँ लिने गरेको छ । 

रक्सौल/बैरौनी–काठमाडौंको औसत ढुवानी भाडा प्रतिलिटर ४.४८ रुपैयाँ रहेको पर्ने गरेको छ । निगमको सम्पूर्ण खर्च ६.१० रुपैयाँ पर्ने गरेको छ । यस वाहेक एक रुपैयाँभन्दा कमका चार वटा खर्च सूची रहेका छन् ।  

त्यस्तै आम उपभोक्तासँग मट्टीतेलमा २१.०१ रुपैयाँ राजस्व लिने गरेको छ । हवाइ इन्धनमा कम कर लिने गरेको छ । निगमले आन्तरिक उडानको लागि प्रतिलिटरमा १३४.८३ रुपैयाँ र अन्तर्राष्ट्रिय उडानको लागि १६.९६ रुपैयाँ कर लिने गरेको छ । निगमले २०७१ असोज १३ गतेदेखि भारतीय आयल कर्पोरेसनसँग रक्सौलबाट खरिद गर्ने मूल्य अनुसार नै नेपालमा मूल्य समायोजन गर्दै आएको छ । यद्यपि रक्सौलमा निगमले जतिमा किन्यो त्यतिमा नै उपभोक्ताले भने किन्न पाउँदैनन् ।

निगमले निगमको ऋण, व्याज, ऋण भुक्तानी, ढुवानी भाडा, सरकारलाई तिर्नुपर्ने राजस्व, प्रशासनिक खर्च, प्राविधिक नोक्सानी, कमिसनको नाफा वा घाटा, निगमको नाफा मार्जिन र घाटा मार्जिन राखेर नेपालमा मूल्य तय गर्ने  गरेको छ । आईओसीले पनि अन्तर्राष्ट्रिय मूल्य अनुसार नै नेपालाई बेच्ने तेलको मूल्य निर्धारण गर्दछ । सो मूल्य आईओसीले हरेक अग्रेजी महिनाको १ र १६ तारिखमा नयाँ मूल्य पठाउँछ । निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलका अनुसार भारतले बेच्ने मूल्य थपघट भएपनि अरु भने इन्धन सस्तो वा महँगो हुँदा पनि निश्चित हुने बताए ।

प्रतिक्रिया दिनुहोस