aarthiknews.com विहीबार, २२ साउन २०७७   Thursday, 06 August, 2020
 
Bajaj_Bike
Tasen

जनउत्थान सामूदायिक लघुवित्तको लाभांश पारित, २ सय प्रतिशत हकप्रद जारी गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ असार २०७७
जनउत्थान सामूदायिक लघुवित्तको लाभांश पारित, २ सय प्रतिशत हकप्रद जारी गर्ने
LBEF

काठमाडौं ।  जनउत्थान लघुवित्त वित्तीय संस्थाले शनिवार नवौं वार्षिक साधारण सभा सम्पन्न गरि प्रस्तावित २६ दशमलव ३२ प्रतिशत लाभांश पारित गरेको छ । बुटवलमा सम्पन्न सभाले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट प्रस्तावित २५ प्रतिशत बोनस शेयर र १ दशमलव ३२ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको हो । साथै सभाले २५ प्रतिशत बोनस शेयरपश्चात कायम चुक्तापूँजीको २ सय प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत पारित गरेको छ । 

हाल कम्पनीको चुक्तापूँजी  ६ करोड ३३ लाख ६० हजार रुपैयाँ रहेको छ । सोहि पूँजीको आधारमा लाभांश वितरण गर्ने निर्णय गरेको कम्पनीले बोनस पश्चात कायम हुने चुक्तापूँजी  ७ करोड ९२ लाख रुपैयाँको १ बराबर २ को अनुपातमा हकप्रद शेयर जारी गर्ने तयारी गरेको हो । यस कम्पनीले अन्य कुनै उपयुक्त लघुवित्त कम्पनीसँग मर्जरमा जाने वा प्राप्ती गर्ने विषयलाई पनि अघि सारेको छ । यदि उपयुक्त कम्पनीसँग मर्जर तथा प्राप्ती गर्ने भएको खण्डमा आवश्यक सम्पूर्ण जिम्वेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत सभाले गरेको छ । नवौं वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १४ गते एक दिन बुक क्लोज गरेको छ । यस आधारमा असार १३ गतेसम्म कायम शेयरधनीहरु लाभांश प्राप्त गर्न सक्नेछन् ।

सोहि सभाले पाँच सञ्चालन निर्वाचन पछि अध्यक्ष समेत चयन गरेको छ । संस्थापकतर्फबाट तीन जना र सर्वसाधारण तर्फबाट दुई जना गरि पाँच सञ्चालक सभाले निर्वाचित गरेको हो । निर्वाचित सञ्चालकहरुमा बाबुराम विश्वकर्मा , रेवन्त बहादुर विश्वकर्मा, मान बहादुर विश्वकर्मा, गोकर्ण बहादुर कार्की क्षेत्री र नरेन्द्र कंडेल रहेका छन् । शनिवारनै सभा पश्चात बसेको सञ्चालक समितिको बैठकले दोस्रो कार्यकालका लागि बाबुराम विश्वकर्मालाई अध्यक्ष पदमा चयन गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस