aarthiknews.com सोमबार, २६ साउन २०७७   Monday, 10 August, 2020
 
Bajaj_Bike
Tasen

११ हजार ट्याक्सी चालकहरुको कोरोना बीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ असार २०७७
११ हजार ट्याक्सी चालकहरुको कोरोना बीमा
LBEF

काठमाडौं । इजी ट्याक्सी नेपाल एपले टयाक्सी चालकहरुको सुरक्षालाई ध्यानमा राखेर कोरोनाको बीमा गरिदिने व्यवस्था ल्याएको छ । पछिल्लो दिनमा देशभर निरन्तर बढिरहेको कोरोना महामारीको विषयलाई ध्यानमा राखेर काठमाडौं उपत्यकाका करिब ११ हजार ट्याक्सी चालकहरुको कोरोना बीमा गर्ने व्यवस्था गरेको हो । यस योजनाअन्तरगत ट्याक्सी चालकहरुले इजी ट्याक्सी नेपाल एपमार्फत ट्याक्सी सेवा संचालन गरिएको हुनुपर्नेछ वा आगामी दिनमा इजी ट्याक्सी नेपाल एपमा आबद्ध हुनुपर्ने छ । 

यस इजी ट्याक्सी नेपालको एपमार्फत यात्रुले सजिलै ट्याक्सी बोलाउन सक्नेछन भने ट्याक्सी चालकले पनि सजिलै यात्रु पाउनेछन् । यस एप भित्र चालक तथा यात्रुलाई सुरक्षित गराउनको लागि म्यानुअल दर्ता सिस्टमको पनि व्यवस्था गरिएको छ । जसको माध्यमबाट यात्रुको मोबाइलमा कुन नम्बरको ट्याक्सीमा कुन स्थानसम्म जाँदैछु भन्ने कुरा जानकारी प्राप्त हुन्छ । र ट्याक्सी चालकले यात्रुलाई कुन स्थानबाट कहाँ पुर्याउने हो सजिलै दर्ता गर्न सक्दछ । 

यसबाट चालक तथा यात्रु दुबै सुरक्षित हुनुको साथै कुनै मालसामान छुटेको अवस्थामा पनि सजिलै आफु चढेको ट्याक्सीको बारेमा जानकारी प्राप्त गर्न सकिने र मालसामान फिर्ता पाउन सहज हुनेछ ।

यस प्रकारको सिस्टमको माध्यमबाट नेपाल सरकारलाई आवश्यक परेको बेलामा कोरोनाको ट्रेसिङ्ग गर्नुपर्दा सहयोग पुग्नुको साथसाथै आवश्यक विबरणहरु पनि सजिलै संकलन गर्न सकिनेछ । 
अहिलेको समयमा कोरोना संक्रमणको जोखिमलाई न्यूनिकरण गर्दै ट्याक्सी सेवालाई सहजरुपमा संचालन गर्ने व्यवस्था मिलाउने हाम्रो उद्धेश्य समेत रहेको छ ।

इजी ट्याक्सी नेपालकाका अध्यक्ष संजीत पौडेलले देशभर लागू भएको लकडाउनका कारण लामो समयसम्म ट्याक्सी व्यवसाय समेत बन्द भएको र समस्यामा रहेको हुँदा यसलाई सहज बनाउन बीमा गर्न लागिएको बताए । 

लाई समेत सुरक्षित भएको संदेश दिनुपर्नेछ, जसमा कोरोना बीमा गर्दा ट्याक्सी चालकहरुले ढुक्कले सेवा दिनसक्नेछन्, अध्यक्ष पौडेलले भने । यसका साथसाथै ट्याक्सी व्यवसायीलाई ट्याक्सी बीमा गराउँदा विभिन्न बीमा कम्पनीसँगको सहकार्यमा इजी ट्याक्सीले सहुलियत दरमा ट्याक्सी बीमा गराउने व्यवस्था समेत गरेको छ । जसअन्तरगत इजी ट्याक्सी नेपालले ट्याक्सी बीमामा न्यूनतम ७०० रुपैयाँदेखि ८,७६५ रुपैयाँसम्मको छुट उपलब्ध गराउने व्यवस्था मिलाएको छ । 

प्रतिक्रिया दिनुहोस