aarthiknews.com शनिबार, २४ साउन २०७७   Saturday, 08 August, 2020
 
Bajaj_Bike
Tasen
आईपीओ

१९ कम्पनीको सात अर्ब रुपैयाँको शेयर निष्कासन गर्न सेबोनमा आवेदन, ४ अर्बले अनुमति पाइसके

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ असार २०७७
१९ कम्पनीको सात अर्ब रुपैयाँको शेयर निष्कासन गर्न सेबोनमा आवेदन, ४ अर्बले अनुमति पाइसके
LBEF


काठमाडौं । कोभिड–१९ को महामारीले समग्र अर्थतन्त्र नै प्रभावित बनिरहेका बेला विभिन्न क्षेत्रका १९ वटा कम्पनीले ६ अर्ब ९४ करोडको साधारण शेयर निष्कासनका लागि धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएका छन् । सेबोनमा साधारण शेयर निष्कासन तीन इस्योरेन्स कम्पनी सहित ११ हाइड्रोपावर कम्पनी तथा लघुवित्त वित्तीय संस्था, मर्चेन्ट बैंकदेखि केही अन्य कम्पनीले आवेदन दिएका हुन् । चन्द्रागिरी हिल्स, इमर्जिङ नेपालले पनि साधारण शेयर निष्कासनको लागि धितोपत्र बोर्डमा आवेदन दिएका छन् । 

जनरल इस्योरेनस, सानिमा जनरल इस्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स, रिलायबल इस्योरेन्स गरी चार इन्स्योरेन्स कम्पनीको आईपीओ आउँदै भने केही अहिले अडोज इन्स्योरेन्सको साधारण सर्वसाधारणको लागि खुला गरिएको छ । 

बोर्डका अनुसार जनरल इन्सयोरेन्स कम्पनी नेपालको ३० करोड बराबरको तीस लाख कित्ता शेयर बिक्रीको माग गर्दै यही असार ५ गते बोर्डमा आवेदन दिएको छ । सो कम्पनीको शेयर  बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । सानिमा जनरल इन्स्योरेन्सले पनि  ३० करोड मूल्य बराबरको तीस लाख कित्ता साधारण सेयर बिक्रीको माग गर्दै यही असार १४ गते आवेदन दिएको छ । सो कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

त्यस्तै आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ६० करोड मूल्य बराबरको ६० लाख कित्ता सेयर बिक्रीको माग गर्दै यही असार २२ गते बोर्डमा आवेदन दिएको छ । सो कम्पनीको बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले ६३ करोड मूल्य बराबरको ६३ लाख कित्ता साधारण शेयर  बिक्रीको माग गर्दै बोर्डमा असार ९ गते आवेदन दिएका छ । सो कम्पनीको शेयर सानिमा क्यापिटलले बिक्री गर्नेछ । 

सेबोनमा सबैभन्दा बढी शेयर  निष्कासन लागि आवेदन दिनेमा मध्यभोटोकोशी  जलविद्युत आयोजना रहेको छ । उक्त आयोजनाले एक अर्ब ५० करोड मूल्य बराबरको १ करोड ५० लाख कित्ता सेयर निष्काशन गर्न सेबोनसँग अनुमति मागेको हो । 

माउण्टेन इन्जिनियरीङले ३९ करोड ३६ लाख, ग्रिनलाइफ हाइड्रोपावर ३४ करोड ९६ लाख रुपैयाँ बराबरको शेयर  निष्कासन गर्न अनुमति मागेका छन् । विन्दबासिनी हाइड्रोपावर डेभलपमेन्टले २५ करोड मूल्य बराबरको २५ लाख कित्ता सेयर निष्कासन गर्न सेबोनसँग अनुमति मागेको छ । 

हिमालयन हाइड्रोपावरले २२ करोड ५० लाख मूल्य बराबरको २२ लाख ५० हजार कित्ता शेयर  निष्कासन अनुमतिका लागि आवेदन दिएको छ । यी दुई कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रवद्र्धकका विन्दबासिनीको सानिमा क्यापिटल र हिमालयको जनता क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ ।

त्यस्तै चन्द्रागिरी हिल्स्ले १८ करोड ४० लाख मूल्य बराबरको साधारण शेयर निष्कासन गर्न धितोपत्र बोडमा आवेदन दिएको छ । आईएमई ग्रूप अन्तर्गतको चन्द्रागिरी हिल्सले जेठ २५ गते १८ लाख ४० हजार ९सय १० कित्ता साधारण शेयर (आईपीओ) निष्कासनको लागि बोर्डमा आवेदन दिएको हो । चन्द्रागिरीले स्थानिय बासिन्दा र सार्वसाधारणको लागि साधारण शेयर निष्काशन गर्न गृहकार्य शुरु गरेको हो । 

कम्पनीले जारी गर्न लागेको शेयर चुक्ता पूँजीको १२ प्रतिशतमात्रै हो । सो शेयर कित्ता सेयरमध्य १० प्रतिशत सर्वसाधारणको लागि हो भने २ प्रतिशत आयोजना प्रभावितको हो । चन्द्रागिरीले शेयर निष्कासन तथा बिक्री प्रवद्र्धकमा ग्लोबल आइएमई क्यापिटल तोकेको छ । यी तीन कम्पनीको शेयर निष्कासनका लागि अनुमति प्रक्रिया प्रारम्भिक चरणमा रहेको छ । 

शुभम्म पावरले ५ करोड ८० लाख ५८ हजार मूल्य बराबरको ५ लाख ८० हजार  ५ सय ८० कित्ता शेयर निष्काशन गर्न लागको हो । त्यस्तै इमर्जिङ नेपालले ५ करोड, सीईडीबी हाइड्रोपावरले २५ करोड १८ लाख २३ हजार, तेह्रथुम पावर हाउस १२ करोड,समाज लघुवित्त वित्तीय संस्थाको ८६ लाख मूल्य बराबरको ८६ हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ । 

त्यस्तै सीबीआईएल क्यापिटलले ३ करोड शेयर निष्कासनका लागि पुनः समिक्षा भइरहेको छ भने मैलुङखोला जल विद्युत आयोजनाको ७३ करोड मूल्य बराबरको सेयर निष्कासनका कम्पनीले पठाएको डकुमेण्टमा जवाफ खोजिएको छ ।  सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडले रु ४३ करोड ५० लाख बराबरको ४३ लाख ५० हजार कित्ता साधारण शेयर  बिक्रीका लागि अनुमति मागेको छ । 

९ कम्पनीले ४ अर्बको सेयर निष्कासन गर्न अनुमति पाइसके

बोर्डले चालू आवमा कुल नौ कम्पनीका  तीन अर्ब ९९ करोड ४८ लाख मूल्य बराबरको तीन करोड ९९ लाख ४८ हजार ४० कित्ता साधारण शेयर बिक्रीका लागि अनुमति दिएको छ । त्यसमा शिवश्री हाइड्रोपावर लिमिटेड, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलेपमेन्ट लिमिटेड, नेपाल पुनर्बीमा कम्पनी, लिवर्टी इनर्जी, युनाइटेड इदिमर्दी एण्ड आरबी हाइड्रोपावर लिमिटेड रहेका छन् । यस्तै केही दिनअघि मात्रै एनआइसी एशिया लुघवित्त वित्तीय संस्थाले साधारण शेयर बिक्री गरी नेपाल स्टक एक्सचेन्जमा समेत सूचीकृत भई कारोबार शुरु गरेको छ । साधना लघुवित्तको शेयर  बाँडफाड हुने क्रममा रहेको छ  भने अजोड इस्योरेन्सको शेयर हाल बिक्रीमा रहेको छ । 

 


 

प्रतिक्रिया दिनुहोस