aarthiknews.com शनिबार, २४ साउन २०७७   Saturday, 08 August, 2020
 
Bajaj_Bike
Tasen

अब विश्वको सातौ धनी मुकेश अम्बानी, वारेन बफेटलाई पनि उछिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २७ असार २०७७
अब विश्वको सातौ धनी मुकेश अम्बानी, वारेन बफेटलाई पनि उछिने
LBEF

एजेन्सी । भारतीय मुलका व्यापारी मुकेश अम्बानी विश्वकै सातौँ धनी बनेका छन् । शुक्रबार फोब्र्स पक्रिकाले प्रकाशित एक रिपोर्टका अनुसार उनी विश्वकै सातौँ धनी व्यक्तिको सूचीमा परेका हुन् । उनको नेट वर्थ २ अर्ब डलरबाट बढेर ७०.१० अर्ब डलर पुगेको छ ।

फोब्र्स पत्रिका अनुसार अम्बानीले ह्याथका वारेन बफेट, गूगलका ल्यारी पेज र सर्जी ब्रिनलाई पछाडि पारेका छन् । विश्वका १० धनी व्यक्तिको सूचीमा रहेका अम्बानी एशियाका एक मात्र व्यक्ति हुन् । २० दिन पहिला अम्बानी ९ औँ स्थानमा थिए ।

शेयर बजारको बादशाह कम्पनी हाथवेका संस्थापक, वारेन बफेटलाई विश्वको सबैभन्दा ठूलो र सफल लगानीकर्ता मानिन्छ । फोब्र्सका अनुसार मुकेश अंबानीको सम्पत्ति ७० अर्ब डलर नाघेको छ । फोब्र्स इण्डियाले मुकेश अम्बानीलाई सातौं धनीको सूचिमा राखेको छ ।  

विश्वका अर्बपतिका पहिलो नम्बरमा अमेजनका संस्थापक जेफ बेजोस छन । त्यस्तै दोस्रो नम्बरमा माइक्रोसफ्टको बिल गेट्स दोस्रो स्थानमा छन । बर्नार्ड अर्नोल्ट परिवार तीन नम्बरमा छन ।  यसबाहेक, फेसबुक संस्थापक मार्क जुकरबर्ग चौथो स्थानमा, स्टीभ बाल्मर पाँचौंमा र ल्यारी एलिसन छैठौं र भारतका मुकेश अम्बानी सातौ नम्बरमा छन् ।

विश्वको शीर्ष १० अर्बपति धनीमा एशियाबाट एक मात्र मुकेश अम्बानी पर्न सफल भएका छन । विश्वभरी कोरोनाको महामारीको संकट झेलिरहेका बेलामा पनि अम्बानीले अर्बौ डलर लगानी भारतमा ल्याउन सफल भएका थिए । रिलायन्स जिओको सम्पत्ति बढेका कारण उनको सम्पक्ति बढेको छ । रिलायन्स जियोले विश्वव्यापी १ लाख करोडभन्दा बढी लगानी गरेको छ । 

प्रतिक्रिया दिनुहोस