aarthiknews.com विहीबार, २२ साउन २०७७   Thursday, 06 August, 2020
 
Bajaj_Bike
Tasen

महालक्ष्मीले बिलम्ब शुल्क नलिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ असार २०७७
महालक्ष्मीले बिलम्ब शुल्क नलिने
LBEF

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले बिलम्ब शुल्क नलिने भएको छ । कम्पनीले कोभिड महामारीका कारण प्रिमियम बुझाउन नसकेका विमितलाई एक साताको समय थप गरेर बिलम्ब शुल्क नलिने निर्णय गरेको हो ।  आज शुक्रबार एक सूचना जारी गरेर इन्स्योरेन्स कम्पनीले असार मसान्तसम्म प्रिमियम बुझाउने विमितसँग कुनै शुल्क नलिने निर्णय गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले बताए । 

बीमा समितिले सबै बीमा कम्पनीलाई यहि असार २२ गतेसम्म कुनै जरिवाना नलाग्ने बताएपनि हामीले भने यो महिनाभरी बिलम्ब शुल्कमा शतप्रतिशत छुट दिने निर्णय गरेका हौं,’ उनले भने । 
 

प्रतिक्रिया दिनुहोस