aarthiknews.com बुधबार, २१ साउन २०७७   Wednesday, 05 August, 2020
 
Bajaj_Bike
Tasen

थप ६ प्रयोगशालालाई शुल्क लिएर कोरोना परीक्षण गर्न अनुमति दिइयो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ असार २०७७
थप ६ प्रयोगशालालाई शुल्क लिएर कोरोना परीक्षण गर्न अनुमति दिइयो
LBEF

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप छ वटा प्रयोगशालालाई शुल्क लिएर कोरोना परीक्षणको अनुमति दिएको छ । मन्त्रालयले तोकेको निर्देशिका बाहिरका नमूना परीक्षणका लागि सम्पूर्ण परीक्षणको २५ प्रतिशत नबढाउने गरी थप छ वटा प्रयोगशाला र अस्पताललाई परीक्षण गर्न अनुमति दिएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा त्यस्ता प्रयोगशाला तथा अस्पतालले पाँच हजार पाँच सय रुपियाँ लिएर परीक्षण गर्न सक्ने स्वीकृती दिइएको जानकारी दिए । प्रवक्ता डा. गौतमले प्रदेश १ को कोशी अस्पताल, प्रदेश २ को नारायणी अस्पताल, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश ५ मा लुम्बिनि अस्पताल–बुटबल, कर्णाली प्रदेशका प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला–सुर्खेत र सुदूरपश्चिम प्रदेशमा प्रादेशिक प्रयोगशाला–धनगढीलाई शुल्क लिएर परीक्षण गर्न सकिने अनुमति दिइएको छ ।

यसअघि छ वटै प्रयोगशाला तथा अस्पतालले कोरोना परीक्षण गर्दै आएपनि शुल्क लिएर परीक्षण गरेको थिएन । स्वास्थ्य मन्त्रालयको असार २४ गतेको निर्णय बमोजिम छ प्रदेशको छ अस्पताल तथा प्रयोगशालालाई उक्त स्वीकृति दिएको छ । काठमाडौंबाहिरको प्रयोगशालामा आरटी पीसीआर परीक्षण गराउनेको चाप घटेपछि मन्त्रालयले यस प्रकारको निर्णय गरेको हो ।

यसअघि काठमाडौंस्थित वीर अस्पताल, महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल र पाटन स्वास्थ्य प्रतिष्ठानलाई शुल्क लिएर कोरोना परीक्षण गर्न स्वीकृति दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस