aarthiknews.com बुधबार, २१ साउन २०७७   Wednesday, 05 August, 2020
 
Bajaj_Bike
Tasen

जी न्युजका प्रधानसम्पादकले नेपालबारे लेखेको विवादित ट्‍वीट हटाए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ असार २०७७
जी न्युजका प्रधानसम्पादकले नेपालबारे लेखेको विवादित ट्‍वीट हटाए
LBEF

काठमाडौं । भारतीय टेलिभिजन च्यानल जी न्युजका प्रधानसम्पादक सुधीर चौधरीले नेपालबारे विवादित ट्वीट हटाएका छन् । चर्को आलोचना भएपछि नेपालबारे लेखेको विवादित ट्‍वीट चौधरीले हटाएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली, नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको मानहानी र दुष्प्रचार गरेको भन्दै नेपालका केही मल्टी सिस्टम अपरेटरहरुले भारतीय समाचार च्यानलको प्रसारण बन्द गरेपछि चौधरीले विवादित ट्वीट गरेका थिए ।

उनले लेखेका थिए, ‘नेपालले भारतीय न्युज च्यानलको प्रसारण बन्द गरेको छ । यो देश त भारतका न्युज च्यानलका एंकरसँगै डरायो त । सेना त अघि त सर्नै परेन ।’

सुधिर चौधरीको अभिव्यक्तिप्रति धेरैले आपत्ति जनाएपछि उनले त्यो ट्वीट हटाएका छन् । आफ्नो ट्वीटले नेपाली दर्शकहरुप्रति चोट पुगेको उल्लेख गर्दै उनले ट्वीट हटाएको जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘मेरो ट्वीटले नेपालका हाम्रा दर्शकलाई चोट पुगेको छ । मलाई थुप्रै भारतीयले पनि यो विचार सही नभएको बताए । मैले खबर पाएसँगै आवेशमा आएर अनावश्यक प्रतिक्रिया दिएको हुनुपर्छ । यो मञ्च अभिव्यक्तिको हो, कसैलाई चोट पुऱ्याउन होइन । त्यसैले दुस्ख व्यक्त गर्दै यो ट्वीट हटाउँदै छु ।’

प्रतिक्रिया दिनुहोस