aarthiknews.com शनिबार, २० मंसिर २०७७   Saturday, 05 December, 2020
 
पब्लिक कम्पनी

बैंकलाई ब्रोकर लाइसेन्स, ठूला कम्पनीले अनिवार्य सेयर जारी गर्नुपर्नेः पाण्डे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ असार २०७७
बैंकलाई ब्रोकर लाइसेन्स, ठूला कम्पनीले अनिवार्य सेयर जारी गर्नुपर्नेः पाण्डे
LBEF
Nabil Bank

काठमाडौं । सेयर बजारको दायरा विस्तार गर्न ठूला कम्पनीलाई अनिवार्य रुपले सेयर जारी गर्नुपर्र्नेे बताएका छन् । अर्थ समितिमा उपसमितिले पेश गरेको पूँजी बजार सम्बन्धि प्रतिवेदन छलफलमा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले वास्तविक ठूला कम्पनीलाई अनिवार्य पव्लिक कम्पनीमा लैजाने व्यवस्था गर्नुपर्ने बताएका हुन् । ‘५० करोडभन्दा बढी ऋण लिएका कम्पनीलाई पब्लिक लिमिटेड बढाउने विषयमा प्रतिवेदन उल्लेख गरिएको भएपनि  सो रकम भने सानो छ,’ उनले भने ‘त्यसलाई बढाउन भने पर्छ ।

यो व्यवसाय गरेर मान्छेहरू खर्बपति भएको प्रशंग कोट्याउँदै पाण्डेले भने ‘ यसको फाइदा निश्चित व्यक्तिमा मात्र गयो, पब्लिकमा लान सकियो भने यसको फाइदा अरुलाई पनि र यसले अर्थतन्त्रमा समेत योगदान गर्न सक्छ ।’ पाण्डेले पहिला ठूला, मध्यम र साना कम्पनीलाई क्रमशः पब्लिक सेयर जारी गर्न लगाउने व्यवस्था गर्नुपर्छ । 

बैंकलाई ब्रोकर लाइसेन्स दिँदा कारोबार बढ्ने, बजार विस्तार हुने, सेयर बजार भित्र अहिले भइरहेका अवैधानिका तवरका कारोबारमा नियन्त्रण हुने एक ब्रोकर कम्पनी सञ्चालक पूर्णमान सिंहले बताए । बैंकलाई लाइसेन्स दिने वित्तीकै साना लगानीकर्ता बैंकमा नजाने र म्यूचुअल फण्डको कारोबार बैंकहरूमा जान सक्ने उनको तर्क छ । 

‘केही ब्रोकर वाहेक धेरै ब्रोकरले बैंकहरूलाई सहायक कम्पनीमार्फत ब्रोकर लाइसेन्स दिएको राम्रै मानेको समेत उनले बताए । केहीमात्रै यसको विरोध गरेका छन्,’ उनले भने ‘ठूला लगानीकर्ता बैंकमा जाने डरले उनीहरू ब्रोकर लाइसेन्सका सम्बन्धमा विरोध गरेर अड्को थापिरहेका हुन् ।’

अर्थ समितिको बैठकमा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रवहादुर कार्कीले अहिलेको स्टक एक्सचेन्जबाट राम्रो र प्रभावकारी काम नहुने भन्दै नयाँ स्टक एक्सचेन्ज कम्पनी ल्याउनु पर्ने धारणा राखे । 

उनले ५० करोडभन्दा बढी ऋण लिएका कम्पनीलाई पब्लिक लिमिटेड बढाउने विषयमा प्रतिवेदनमा दिएको सुझावमा भने रकम सानो भएको र त्यसलाई बढाउनुपर्ने सुझाव दिए । यही व्यवसाय गरेर मान्छेहरु खर्बपति भए,यसको फाइदा व्यक्तिलाई मात्र भयो पब्लिकमा गएपछि यसको फाइदा अरुलाई पनि हुन्छ, उसले योगदान समेत गर्न सक्छ,उनले भने ।

पाण्डेले पब्लिक कम्पनीमा पहिला ठूला कम्पनी त्यसपछि मध्यम स्तरका त्यसपछि मात्र साना कम्पनीलाई पब्लिक जारी गर्नुपर्ने व्यवस्था गर्नुपर्छ । उनले ब्रोकर कम्पनीहरुलाई मर्जरमा लैजाने र पब्लिक कम्पनी बनाउने कुरा ठीक भएको भन्दै बैंकलाई कति समयभित्र ब्रोकर लाइसेन्स दिनुपर्ने हो त्यो प्रष्ट हुनुपर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस