aarthiknews.com शनिबार, २४ साउन २०७७   Saturday, 08 August, 2020
 
Bajaj_Bike
Tasen
व्यापार ठप्प

तोलामै चार हजार कममा सुन किन्दै व्यवसायी, न्यूरोड कै सुन पसल बन्द

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ असार २०७७
तोलामै चार हजार कममा सुन किन्दै व्यवसायी, न्यूरोड कै सुन पसल बन्द
LBEF

काठमाडौं । लकडाउनको ७५ दिनपछि जेठ २६ गतेदेखि खुलेको सुन बजार सुनसान छ । बजारमा किन्ने ग्राकह फिटिक्कै छैनन् । दुई चार हजारको सुन बिक्री गरेर पनि बोनी गर्न सकिने अवस्था छैन, बिक्रीका लागि भने दिनहुँ काँचो सुन तथा गरगहना समेत बिक्रीमा आएकाले व्यवसायीहरूले सुनको बजार मूल्य नै घटाएर खरिद गर्ने गरेका हुन् । 

सुनको मूल्य अत्यधिक बढेको र खरिद शुन्य भएका बेला बजारमा अत्यधिक सुन बिक्रीमा आएपछि व्यवसायीहरू सुनको बजार मूल्य भन्दा कम मूल्यमा सुन खरिद गर्न बाध्य भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष मणिक रत्न शाक्यले बताए ।

‘सुन बिक्री गरेर दुई ÷चार हजारको बोनी गर्न समेत गाह्रो छ,’ उनले भने ‘बजार तलमाथि भइरहेका छ ।’ यस्तो अवस्थामा सुन किनेरमात्रै राख्न सक्ने अवस्था व्यवसायीहरूको पनि छैन ।’ बजार मूल्य नै तलमाथि भइरहेको यो अवस्थामा रिक्स बोकेर सुन किन्न सकिदैन । अप्ठ्यारो पर्यो कर्मचारीलाई तलब खुवाउन सकिएन, घर चलाउन गाह्रो भयो भनेर आउनेहरूको मात्र हामीले सुन लिने गरेका छ । व्यवसाय गरेर बसेपछि लिन्न भन्न मिलेन, त्यसैले केही मूल्य घटाएर सुन लिने गरेका हौं,’ उनले भने । 

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष रमेश महर्जनले महासंघ कार्यसमितिले निर्णय नै गरेर सुनका गरगहना खरिदमा बढीमा ५ प्रतिशतसम्म मूल्य कम गरेर दिने निर्णय गरको बताए । अहिले बजार ठप्प छ, सुन किन्ने छँदैछैनन्, बिक्रीमा केही तोला आउने गरेको छ,’ उनले भने ‘यो विषम परिस्थितिमा रिर्टन फ्लो नभएकोले बढीमा ५ प्रतिशतसम्म सुनको मूल्य घटाउने सहमति देशभरिका व्यवसायीसँग छलफल गरेर गरिएको हो ।’ यो विषम परिस्थिति हो, बिक्रीमा आएको सुन किन्दिन भन्न सक्ने अवस्था छैन, ग्राहक र व्यवसायीमो समझदारीमा  सुन बजार मूल्यभन्दा केही कम गरेर खरिद गर्न थालिएको हो । ‘यो शर्त सुनका गर–गहनामा मत्र लाग्ने र काँचो सुनमा भने नलाग्ने समेत उनले बताए ।

 जिल्लैपिच्छे सुन पसल बिक्रीमा 

कोभिड–१९का कारण अर्थतन्त्र प्रभावित बनेपछि व्यवसायीहरूले आफूले गर्दै आएको व्यवसाय छाड्न थालेका छन् । यसको प्रत्यक्ष असर सुनचाँदी व्यवसायमा पनि देखिएको छ । पछिल्लो समय सुनचाँदीका शोरुमहरू बन्द हुने क्रम बढ्दो छ । न्यू्रोडकै कतिपय सुन पसल बन्द भएका छन् भने कतिपयले व्यवसाय नै परिवर्तन गरेका छन् । पुस्तेनी व्यवसाय गर्नेभन्दा पछिल्लो समय लहडबाजीमा मौसमी व्यापार गर्न आएका व्यवसायी कोभिडका कारणले सुन व्यवसायबाटै पलायन भएका हुन् । 

पछिल्लो समय न्यूरोड मात्र होइन, चावहिल, महाराजगञ्ज,  मनमैजु, बालाजु कालीमाटीलगायतका क्षेत्रको सुन पसलहरू बन्द भएको र कुनै बिक्रीमा रहेको शाक्यले बताए । यसरी नै जिल्लैपिच्छे चा/पाँच वटा पसलहरू बन्द भएका छन् । 

एकतिर सुनको मूल्य आकाशिएको छ भने अर्कोतर्फ आम उपभोक्ताको क्रयशक्ति क्षमता गुम्दै गएको छ । अर्थ व्यवस्था कमजोर बनेको छ ।  ‘बजार सुनसान छ, पसल खोलेर मात्रै बसिएको छ, सञ्चालन खर्च समेत उठ्न सक्ने अवस्था छैन, अब यस्तै हो भने व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आउन सक्छ । पुख्यौली व्यवसाय भएपनि विकल्प खोज्नु पर्ने दिन टाढा नभएको जस्तो महसुस हुन थालेको शाक्यले बताए ।

मूल्य अझै बढ्न सक्ने

विश्वभरिका स्टेक होल्डरहरूले सुनमा लगानी गर्न थालेपछि सुन मूल्य चार्ट माथि उक्लदै गएको छ । यसरी नै सुनको मूल्य बढ्दै जाने हो भने नेपालीको मात्र होइन अन्य हामीजस्तै धेरैको सुन किन्ने क्षमता रह्दैन । तरल पुँजीका रुपमा विश्वभरि सर्वमान्य सुन अबको केही महिना तथा एक वषभित्र प्रतिऔंस सुन ३ हजार डलरसम्म पुग्ने अनुमान विश्व बजारले लगाउन थालेको छ । अहिले नै तोलाको ९०÷९२ हजार सुन बिक्री भइरहेको छ । 

चार महिनामा करिब साढे १७ अर्ब नोक्सान, ८० करोडको राजस्व गुम्यो

सुनचाँदी व्यवसायमा वार्षिक ६० अर्बको कारोबार हुने गरेको छ । लकडाउन करिब साढे तीन महिनाको यो अवधिमा महिनाको ५ अर्ब रुपैयाँ कारोबारको हिसावले करिब साढे १७ अर्ब नोक्सान परेको व्यवसायीहरूले बताएका छन् । यतिमात्र होइन मासिक करिब २० करोडका दरले हुने करिब ७० करोड राजस्व संकलन समेत गुमेको छ ।  

कोभिडका कारण दुई लाखभन्दा बढीको रोजगारी गुमेको छ ।  सुनचाँदी व्यवसायमा करिब २ लाख कालिगढले काम गर्दै आएका थिए । सो कालिगढमध्य ७५ प्रतिशत भारतिय हुन् । यस वाहेक देशभरि सञ्चालित करिब २२ हजार सुन पसलमा कम्तीमा १० हजारको रोजगारी गुमेको छ ।
 
 

प्रतिक्रिया दिनुहोस