aarthiknews.com बुधबार, २१ साउन २०७७   Wednesday, 05 August, 2020
 
Bajaj_Bike
Tasen

भारतद्वारा मुगुमा प्रशासनिक तथा शैक्षिक भवन निर्माण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ असार २०७७
भारतद्वारा मुगुमा प्रशासनिक तथा शैक्षिक भवन निर्माण
LBEF

काठमाडौं । भारत सरकारले मुगु जिल्लाको रातापानीमा अवस्थित श्रीमहादेव मस्त चतुर्देव क्याम्पसको प्रशासनिक तथा शैक्षिक भवन निर्माण गरेको छ । नेपाल–भारत मैत्री विकास सहकार्य कार्यक्रम अन्तर्गत निर्माण गरिएको उक्त भवन साढे तीन करोड लागतमा निर्माण गरिएको हो । 

उक्त भवनको औपचारिक उद्घाटन गाउँ विकास परिषद्, विद्यालय व्यवस्थापन समिति र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रतिनिधिहरुद्धारा आज भिडियो कन्फरेन्स मार्फत गरियो ।  सन् २००७ मा स्थापना भएको यस क्याम्पस समुदायको स्वामित्वको शैक्षिक संस्थान हो । विश्वविद्यालय अनुदान आयोग (युजीसी) बाट स्वीकृति प्राप्त सो क्याम्पस त्रिभुवन विश्वविद्यालयसँग आबद्घ रहेको छ ।

क्याम्पसले चार वर्षे स्नातक तहको पठनपाठन सञ्चालन गरेको छ । हुम्ला र बाजुरा लगायत २४ भन्दा बढी गाविसका विद्यार्थीहरु अध्ययनरत यस क्याम्पसमा योग्य विद्यार्थीहरुका लागि विविध छात्रवृत्तिको व्यवस्था पनि रहेको छ ।
 यस नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ । शिक्षाको क्षेत्रमा पूर्वाधार विस्तार गर्ने नेपाल सरकारको प्रयासलाई पुरा गर्ने सहयोगीको रुपमा रहेको यस परियोजनासँग जोडिन पाएकोमा भारत सरकार खुशी व्यक्त गर्दछ । 
 

प्रतिक्रिया दिनुहोस