aarthiknews.com विहीबार, २२ साउन २०७७   Thursday, 06 August, 2020
 
Bajaj_Bike
Tasen

काठमाडौं उपत्यकामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ असार २०७७
काठमाडौं उपत्यकामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि
LBEF

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २३ जना कोरोना संक्रमित थपिएको पुष्टि गरेका हुन् ।   

प्रवक्ता गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका ६ जना, पाटन अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा काठमाडौंका १०, ललितपुरका ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

योसंगै नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या १६ हजार ४२३ पुगेको छ । जसमा ७ हजार ७ सय ५२ जना निको भएर घर फर्किसकेका छन् ।  

प्रतिक्रिया दिनुहोस