aarthiknews.com सोमबार, २६ साउन २०७७   Monday, 10 August, 2020
 
Bajaj_Bike
Tasen

शेयर बजार घटेपनि १ अर्बभन्दा बढीको कारोबार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ असार २०७७
शेयर बजार घटेपनि १ अर्बभन्दा बढीको कारोबार
LBEF

काठमाडौं । यो साताको पहिलो कारोबार दिनदेखि उकालो लागेको नेप्से बुधबार १० दशमलव १३ अंकले घटेर १ हजार ३२६ दशमलव ५३ विन्द्मा झरेको छ । 

शून्य दशमलव ७६ प्रतिशत घटेको बुधबारको शेयर बजारमा कारोबार रकम भन १ अर्ब नाघेको छ । यस दिन १७९ कम्पनीको १९ हजार ५४१ पटकको व्यापारमा रू. १ अर्ब ७ करोड ८४ लाख ६२ हजार बराबरको २९ लाख ७७ हजार ७०६ कित्ता शेयर कारोबार भएको छ । 

बुधबारको बजारमा लगानीकर्ता नाफा बुक गर्नतर्फ केन्द्रित भए पनि कारोबार रकमले भने साथ दिएको छ । ठुला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि यो दिन २ दशमलव ६४ अंक घटेर २७९ दशमलव ९५ विन्दुमा झरेको छ । 

सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ९३ प्रतिशत घटेको हो । समग्रमा बुधबारको कारोबारलाई हेर्दा बजार स्थिर रहेको भन्दा पनि फरक पर्दैन ।

बुधबारको कारोबारमा पनि नेपाल पुनर्बीमा कम्पनीले सर्वाधिक कारोबार गर्ने स्थान कायमै राखेको छ । यस दिन रू. २५ करोड ५७ लाख ९९ हजार बराबरको कारोबार भएको नेपाल पुनर्बीमा कम्नपीको शेयरमूल्य रू.२४ ले बढेको छ ।

१० अंकभन्दा बढीले घटेको बजारमा ६२ कम्पनीको शेयरमूल्य बढेको छ । यस दिन सबैभन्दा बढी सूर्योदय लघुवित्त वित्तीय संस्थाका शेयरधनीहरुले कमाएका छन् ।

बुधबार सुर्योदय लघुवित्तको शेयरमूल्य रू. ७२ ले बढेर १० प्रतिशतको सकारात्मक सर्किट लागेको हो । सबैभन्दा बढी गुमाउने बुधबारको कारोबारमा तारागाउँ रिजेन्सी होटलका शेयरधनी रहेका छन् । यस दिन तारागाउँ रिजेन्सी होटलको शेयरमूल्य सबैभन्दा बढी रू. १५ ले घटठेको छ । बुधबारको कारोबारमा ९९ कम्पनीको शेयरमूल्य घटेको हो ।

बुधबार कारोबारमा आएका १२ वटा समूहमध्य व्यापारिक समूहको १ दशमलव ७७ प्रतिशत र म्युचुअल फण्ड समूहको १ दशमलव शून्य ५ प्रतिशतले परिसूचक बढेको छ भने बाँकी समूहको घटेको छ । 

बैंकिङ समूहको शून्य दशमलव ९५ प्रतिशत, होटल समूहको २ दशमलव ७२ प्रतिशत, विकास बैंकको शून्य दशमलव ४१ प्रतिशत, जलविद्युत समूहको शून्य दशमलव ९ प्रतिशत, वित्त समूहको शून्य दशमलव २७ प्रतिशत, निर्जीवन बीमा समूहको शून्य दशमलव ४९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ४९ प्रतिशत, अन्य समूहको शून्य दशमलव ३७ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव ४५ प्रतिशत र जीवन बीमा समूहको शून्य दशमलव ७५ प्रतिशत परिसूचक घटेको हो ।
 

प्रतिक्रिया दिनुहोस