aarthiknews.com विहीबार, २२ साउन २०७७   Thursday, 06 August, 2020
 
Bajaj_Bike
Tasen

घरै अगाडी किन कुटिए सलमान खान ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ असार २०७७
घरै अगाडी किन कुटिए सलमान खान ?
LBEF

एजेन्सी । विश्वभर कोरोना भाइरसको संक्रमण फैलिएसँगै फिल्मी क्षेत्रमा पनि यसको असर देखिएको छ । सधै चर्चामा रहने बलिउड पनि कोरोनाको मारमा परेको छ । तर लकडाउनको समयमा पनि बलिउडमा भने पुरानो फोटो र प्रसँगले स्थान बनाएको छ ।

बलिउडक कलाकारका पुराना फोटो र किस्साले सामाजिक सञ्जालमा निकै स्थान पाएका छन् । यहीबीच सलमान खानले कपिल शर्माको शोमा आफुलाई केहि मानिसले कुटेको प्रसँग सुनाएका छन् ।

सलमान खानका अनुसार एक समय उनको घर अगाडी सडकमा उभिएर एक फ्यान सलमानका भाइ सोहेल खानलाई गाली गरिरहेका थिए । सोहेल खान गाली गर्नुको कारणबारे बुझ्न ती फ्यान नजिक पुगे । तर ती फ्यानका साथमा आएका अन्य ४/५ जनाले सोहेललाई नै पिट्न थाले ।

आफ्ना भाइलाई पिटेको देखेर जब सलमान खान त्यस समुहलाई पिट्न गए उल्टै ४/५ जनाको समुहमा रहेका ती फ्यानहरुले सलमानलाई कुटे ।

उनीहरुले सलमानको ढाडमा गहिरो चोट लाग्ने गरी झण्डाले हिर्काए । सलमान भन्छन्, ‘जब ती मानिस मलाई कुटिरहेका थिए म कुनै हिरोको जस्तो रियाक्ट गर्नुको सट्टा ओ दुख्यो भन्दै चिच्याउँदै थिए ।’

सलमान खान लकडाउनको समयमा आफ्नो पनवेल फार्म हाउसमा बसेका थिए । यहि समयमा उनको तीन गीत प्यार करोना, भाइभाइ, तेरे बिना रिलिज भएको थियो । सलमान अब राधे : योर मोस्ट वान्टेड भाइ, कभी ईद कभी दिवाली, गन्स अफ नार्थ लाइन लगायत फिल्म मार्फत देखा पर्दैछन् ।

प्रतिक्रिया दिनुहोस