aarthiknews.com शनिबार, २४ साउन २०७७   Saturday, 08 August, 2020
 
Bajaj_Bike
Tasen
अर्घाखाँची सिमेन्ट

‘ठूला परियोजनामा अर्घाखाँची सिमेन्ट प्रयोग हुने गरेको छ’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २३ असार २०७७
‘ठूला परियोजनामा अर्घाखाँची सिमेन्ट प्रयोग हुने गरेको छ’
LBEF

सन् २०१५ मा स्थापना भएकोे क्षमताको हिसाबले देशकै दोस्रो ठूलो प्लान्ट हो अर्घाखाँची सिमेन्ट । नेपालका अग्रणी व्यवसायीहरुले सुरु गरेको अर्घाखाँचीले पाँच वर्षमा आफ्नो क्षमता दैनिक बढाएर ३३ सय टनले पुर्याएको छ । उद्योगमा डेनमार्कको एफएल स्मिथ कम्पनीको भीआरएम प्रविधि जडान गरिएको छ । उद्योगबाट उत्पादित सिमेन्ट ठूला ठूला परियोजनामा प्रयोग भइरहेको छ । वातावरणमैत्री उद्योग स्थापना गर्ने उद्देश्य सहित उद्योगबाट निस्कने तातो बाफलाई ऊर्जामा रूपान्तर उक्त बाफबाट दुई मेगावाट ऊर्जा उत्पादन अर्घाखाँची सिमेन्टका सहायक महाप्रवन्धक रमेश थापासँग गरिएको आर्थिक बहसः


सिमेन्ट उद्योगमा लकडाउनको कस्तो प्रभाव पर्यो र यसको व्यवस्थापन कसरी  गरिरहनु भएको छ ?

समग्र लकडाउनको असर सिमेन्ट उद्योगमा मात्र होइन, सम्पूर्ण अर्थ व्यवस्थामा नै असर परेको छ । कोभिडका कारण लकडाउन भएपछि हाम्रो पहिलो प्राथमिकता भनेको कर्मचारीलाई कसरी सुरक्षित राख्ने भन्ने भयो । त्यसपछि उनीहरूलाई सुरक्षित हिसावले काममा कसरी लगाउन सकिन्छ भन्ने चिन्ता हुन थाल्यो । सामाजिक दूरी कायम गर्दै उनीहरूलाई काममा लगाउन तथा यसको व्यवस्थापन मिलाउन कठिन भयो ।

लकडाउनको बेलामा कामदारलाई कम्पनीमा बोलाएर काममा लगाउन नै समस्या भयो । काठमाडौंमै भएका मार्केटिङ तथा लेखा शाखाका कर्मचारी समेत घर गए ।

उहाँहरूलाई कसरी काममा ल्याउने, उद्योगमा कसरी कामदार पुर्याउने भन्ने चिन्ता भयो । अर्को कुरा प्रोडक्सन गरेर मात्रै त भएन बिक्री गर्नका लागि बजार त बन्द थियो । पूर्वाधार निर्माण सबै बन्द थिए । मान्छेहरूमा त्यतिबेला सबै डर र त्रासमा थिए,एक प्रकारको भागाभाग जस्तै अवस्था थियो ।

यस्तो अवस्थामा सिमेन्ट उत्पादन गरेर मात्रै भएन बिक्री गर्नका लागि बजार खुल्नु पथ्र्यो ।चैत्रको महिना पूरा नै बन्द गर्नु पर्ने अवस्था आयो । कडाउनकाबीचमा सरकारले राष्ट्रिय वैशाखबाट मेलम्ची खानेपानीको काम पुनःसञ्चालन भएको थियो ।सुरुमै हामीले त्यहाँबाट काम शुरु गर्यौ ।

कतिपय उद्योगमा विदेशी कामदारहरू छन् । उनीहरू घर गएकाले अझै आउन सकेका छैनन् ।  पहाड गएका कामदारहरू सवारी साधन नचल्नाले अझै आउन सकेका छैनन् । तर अब विस्तारै उद्योगहरू चल्ने क्रममा छन् ।

त्यो काम स्थानीयले पनि गर्न सकिरहेका थिएनन् । मेलम्ची खानेपानी आयोजनामा कोभिड अगाडी नै अर्घाखाचीको ३ लाख भन्दा बढी बोरा सिमेन्ट प्रयोग भइसकेको थियो । पछि मेलम्ची आयोजना सिनो हाइड्रोले निर्माणको जिम्मा लिइसकेपछि हामीसँग त्यति सम्पर्कमा थिएन । यसैबीच परियोजनाका लागि सिमेन्ट आपूर्ति गर्न हामीलाई सम्पर्क गरियो ।

सोही अनुरुप हामीले मेलम्चीका साथै अन्य परियोजनालाई पनि सिमेन्ट उपलब्ध गराउन थाल्यौं । हामीसँग पास थियो । त्यतिबेला त्यति अप्ठ्यारो परेन । पछि मार्केटमा विस्तारै डिमाण्ड बढ्दै गयो । उत्पादनमा अलि सहज नै थियो । भैरहवामा कोभिडको त्यति प्रवाह परिसकेको थिएन । उत्पादन गर्न सहज नै भयो र विस्तारै मार्केट पनि बढ्दै गएको छ ।

अहिले सिमेन्ट उद्योगहरू पूर्ण रुपमा सञ्चालनमा आएको अवस्था हो ?

सम्भवतः सबै सिमेन्ट उद्योगहरू पूर्ण रुपमा सञ्चालन भइसकेका छैनन् होला । केही उद्योग आंशिक रुपमा सञ्चालन भएका होलान् केही पूर्ण रुपमा पनि  सञ्चालन भएका छन् । सबै भन्दा ठूलो कुरा म्यानपावरको हो । कतिपय उद्योगमा विदेशी कामदारहरू छन् । उनीहरू घर गएकाले अझै आउन सकेका छैनन् ।  पहाड गएका कामदारहरू सवारी साधन नचल्नाले अझै आउन सकेका छैनन् । तर अब विस्तारै उद्योगहरू चल्ने क्रममा छन् ।

विशेष गरी सिमेन्ट उद्योगहरूमा भारतीय तथा बंगाली कामदारहरू बढी छन् । अहिले ती विदेशी कामदारहरू आउन सक्ने अवस्था पनि छैन । 

यस्तो अवस्थामा नेपाली कामदारहरू बाटै तिनीहरूको प्रतिस्थापन गर्न सक्ने अवस्था कत्ति को छ ?

प्राविधिक पाटोमा नेपाली कामदार प्रतिस्थापन गर्न अलि समय लाग्छ । प्राविधि सिक्न केही समय लाग्छ । हामी नेपालीहरू सजिलो काम मात्रै गर्न खोज्छौ । यद्यपि सिमेन्ट तथा डन्डीको काम अलि गाह्रो पनि हुन्छ । हाम्रो उद्योगमा केही  कामदारहरूलाई त्यही  बस्ने व्यवस्था थियो । १० गते लकडाउनको घोषणा गरेर   ११ गतेबाट लकडाउन शुरु भयो । कतिपय कामदारहरू घर जान सकेका थिएनन् । 

चैत्र ११ गते पछि लकडाउनको समयमा क्वान्टिटी वेशका स्कीमहरू त चल्ने कुरा भएन । किन भने न हामीले दिन सक्ने न पाउनेले लिन सक्ने । त्यसले गर्दा ती स्किम हरू हटेको हो । यस्तो स्किम हटाउने बाहेक हामीले रेट भने बढाएका छैनौ । पुरानै रेट आज म्म पनि कायम छ । बरु अहिले स्किम दिएका छौं । 

त्यति बेला घर गएका कामदारहरू अहिलेसम्म आउन सकेका छैनन् । अहिले सबै कामदार नभएपनि व्यवस्थापन मिलाएर काम गरिरहेका छौं । अहिलेको अवस्थामा अब हामीले नेपाली कामदारहरूलाई नै आवश्यक प्राविधिको तालिमहरू दिएर काममा लगाउनु पर्छ । आफ्नै नेपाली कामदारहरू कति आवश्यक छन् भन्ने कुरा त यो लकडाउनले पनि प्रमाणित गर्यो नि । 

कडा लकडाउनको समयमा कति पाए सिमेन्ट उद्योगले सिमेन्टको मूल्य बढाएर बिक्री गर्ने भन्ने उपभोक्ताको गुनासो छ नि ?
त्यो बीचमा हामीले पनि सुनेको कुरा हो । केही उद्योगहरूले २/३ पटकसम्म सिमेन्टको मूल्य बढाएकै हुन् । हामीलाई भन्नु हुन्छ भने हामीले यो बीचमा १ रुपैयाँ पनि दाम बढाएनौं । फागुनको अन्तिममा अर्थात चैत्र लागेपछि जे रेट थियो,  त्यही रेट कायम गर्यौ । एउटै कुरा के हुन्छ भने सिमेन्टमा कहिले काही मार्केट प्रमोशनको लागि स्किमहरू ल्याइएको हुन्छ । 

त्यो पनि क्वान्टिटी वेशमा । चैत्र ११ गते पछि लकडाउनको समयमा क्वान्टिटी वेशका स्कीमहरू त चल्ने कुरा भएन । किन भने न हामीले दिन सक्ने न पाउनेले लिन सक्ने । त्यसले गर्दा ती स्किम हरू हटेको हो । यस्तो स्किम हटाउने बाहेक हामीले रेट भने बढाएका छैनौ । पुरानै रेट आज म्म पनि कायम छ । बरु अहिले स्किम दिएका छौं । 

सिमेन्टमा ग्रेड छुट्याइन्छ नि, ग्रेड भनेको के हो ? यसलाई कसरी छुट्याइन्छ ?

सिमेन्टको स्ट्रेथको भनेको एक स्क्वायर मिटरले कति भार वहन गर्न सक्छ भन्ने हो ।  तीन दिन, ७ दिन, १४ दिन र २८ दिनको एउटा स्ट्रेथ दिइन्छ । यो २८ दिनमा कम्पिल्ट हुन्छ  । जस्तैः ५३ ग्रेडको सिमेन्ट भन्यो भने २८ दिनमा त्यसको भर बहन गर्न सक्ने क्षमता हुनु हो । सर्वसाधरणहरूले खाली ओपीसी र पीपीसी मात्र भनेर बुझेका छन् । ओपीसी ढलान गर्नलाई र पीपीसी प्लाष्टर र  जडान गर्नलाई भन्ने बुझेका छन्  । बजारमा ओपीसी सिमेन्ट ४३ ग्रेड भन्दा माथिका चलेका छन् । हामीले ५३ ग्रेडको सिमेन्ट उत्पादन गर्दै आएका छौं । 

सरकारले त यसको गुणस्तर कम भयो, यसलाई कारवाही गर भनेर मात्र भन्ने गरेको छ । यो सिमेन्ट यस्तो हुनुपर्छ, यो सिमेन्ट यो कामका लागि प्रयोग गर्दा ठिक हुन्छ । 

कोरोना भाइरसका कारण विश्वको अर्थतन्त्र कमजोर भएको छ । मानिसको क्रयशक्ति पनि घट्दो क्रममा छ  । यस्तो अवस्थामा सिमेन्टको उत्पादन र मूल्यमा गिरावट आउने सम्भावना कतिको छ ?
विश्व महामारीको यो अवस्थामा मानिसको क्रयशक्ति त स्वभाविक रुपमा घट्छ । उद्यपि नेपालमा अझै क्रयशक्तिको ह्रास आउछ जस्तो लाग्दैन । हामी अझै पनि सबैखाले समस्यालाई झेल्न सक्ने अवस्थामा छौँ । क्रयशक्ति घट्ने भएकै कारण सरकारले भ्याटलाई १३ प्रतिशतबाट १० प्रतिशतमा झारिदिनु पथ्र्यो । हामीले आम उपभोक्तालाई कम मूल्यमा सिमेन्ट बेच्थ्यौँ ।

सिमेन्ट कम्पनीले मार्केटिङ गर्दा हाम्रो क्वालिटी यस्तो छ भन्दै मार्केटिङ गर्छन नि ? खासमा सबै खाले सिमेन्टको क्वालिटी एउटै हुनुपर्ने होइन र ?

पहिला सिमेन्टमा ३३, ४३ र ५३ ग्रेडको उत्पादन गर्न पाउने भनेर लेखिन्थ्यो । तर अहिले लेखिदैन । पहिला ३३ ग्रेडले के गर्ने ?, ४३ ग्रेडले के गर्ने ? र ५३ ग्रेडले के गर्ने भनेर मूल्यांकन गर्ने नियामक निकाय हुन्थ्यो ।. तर, अहिले नियामक निकायले त्यो लेख्न नपाउने भनेपछि आफूले आफैलाई मूल्यांकन गर्नुपर्र्नेे भएको छ ।

हामीले ल्यावमा दैनिक सिमेन्ट टेष्ट गर्छौ । त्यसबाट आएको रिपोर्टको आधारमा हाम्रो यस्तो छ है भनेर इन्जिनियर, कन्ट्रयाकटरलाई देखाउने गर्छौ । सरकारले त यसको गुणस्तर कम भयो, यसलाई कारवाही गर भनेर मात्र भन्ने गरेको छ । यो सिमेन्ट यस्तो हुनुपर्छ, यो सिमेन्ट यो कामका लागि प्रयोग गर्दा ठिक हुन्छ । 

यो सिमेन्ट यो काममा प्रयोग लागि भनेर सरकारले तोकिदिनु पर्ने हो नि ।  त्यो गरेको छैन । नेपाल नापतौल तथा गुणस्तर विभागले गुणस्तर चिन्ह् प्राप्त सिमेन्ट भनेपछि उपभोक्ताले प्रयोग गर्दा गुणस्तर कम रहेछ भने विभागलाई खबरदारी गर्नु पर्यो नि ? गुणस्तर नि नभएको सिमेन्टलाई गुणस्तर प्राप्त छ भनेर किन लेख्यो भनेर प्रश्न गर्न पर्ने होइन ? तर, यस्तो गर्ने गरिएको छैन ।

बेला बेलामा गुणस्तर विभागले सिमेन्ट उद्योगलाई सिमेन्टको गुणस्तर खस्कियो भनेर स्पष्टिकरण सोध्छ, कारवाही गर्ने गर्छ, खासमा सिमेन्ट उद्योगले जानी जानी त्यो खालको लापरवाही गरेको कि भूलवस प्राविधिक कारणले गर्दा यस्तो समस्या आएको हो ?

नेपालमा कहिलेकाही सिमेन्टमा एमजीओको कुरा आउँछ । यो विवादित कुरा पनि हो ।  अन्तर्राष्ट्रिय मापदण्ड अनुसार गुणस्तर विभागले चेञ्ज गर्नुपर्छ । अन्तर्राष्ट्रिय बजारमा ओपीसी सिमेन्टमा ६ र पीपीसीमा ६ प्लस एमजीओ हुने गरेको छ । 

यसको विवाद लेखा समितिसम्म पुग्यो । छलफल पनि भयो । त्यहाँ छलफल गर्ने सबै विज्ञ हुन त ? पहिला भारतबाट क्लिङकर किनेर ल्याउँदा एक नम्बर कै हुन्छ भन्ने थिएन । तर, अहिले त्यस्तो छैन । नेपाल मै क्लिङकर उत्पादन हुन्छ ।

अहिले हामी त हामी शुरुमा चुन ढुंगाको क्वालिटी हेर्छौ । त्यसपछि क्लिङकर बनाउँदा टेष्ट गर्छौ । त्यसपछिमात्रै हामी सिमेन्ट पनि टेष्ट गर्छौ । भारतबाट क्लिङकर ल्याउन कम्तिमा तीन महिनामा लाग्छ । त्यसले गर्दा पनि फरक पर्छ । यो जानाजान गरिएको हँुदैन । कतिपय टेष्ट गर्दा बजारमा कहिलेदेखि स्टक भएका सिमेन्ट लगेर टेष्ट गरिन्छ । त्यसले गर्दा पनि कारवाहीमा पर्ने गरिएको हो ।

नियामक निकायले विस्तृत अध्ययन नै नगरी कारवाही गर्ने गरिएको छ । अर्बौ, खर्बौ लगानी गरेर उत्पादन गरेर बजारमा पुर्याइन्छ । कारबाहीमा परियो भने मार्केटबाट ब्याक फायर हुनुपर्छ भन्ने पनि त छ । जानजान यत्रो लगानी डुबाउन गल्ती त पक्कै गरिएको हुँदैन । 

आम उपभोक्ताले अझै पनि सरकारी स्वामित्वको सिमेन्टलाई आँखा चिम्लेर विश्वास गर्छन । निजी कम्पनीहरूले उत्पादन गरेका सिमन्टको क्वालिटी भन्दा सरकारी स्वामित्वको सिमेन्टको क्वालिटी राम्रो भएरै हो कि, के हो ?
आम उपभोक्तालाई पहिलादेखि नै के छाप परेको छ भने सरकारी स्वामित्वको सिमेन्ट एकदम राम्रो हुन्छ भन्ने छ । अहिले बजारमा सरकारी स्वामित्वको सिमेन्ट भन्दा अन्य सिमेन्ट बढी प्रयोगमा आएको छ । प्रयोगको आधारमा हेरिएको छैन । खाली बजारमा सरकारी स्वामित्वको पुरानो उत्पादन भएको सिमेन्ट राम्रो हुन्छ भन्ने हल्ला चलाएकै भरमा बजार चलेको छ । 

हामीले यति ग्रेडको सिमेन्ट हो भनेर लेख्न पाउँदैनौ । उनीहरू आफैले सिमेन्टको गुणस्तर परीक्षण गरेर ग्रेड  लेख्छन् । यसरी हामीले पनि परीक्षण गर्न पाउनु पर्छ भन्ने माग हाम्रो हो । यदि यसरी सिमेन्ट परीक्षण गर्न पाउने व्यवस्था गरियो भने अर्घाखाची सिमेन्ट ५६ ग्रेडभन्दा तल हुँदैन । 

सरकारी स्वामित्वको बाहेक अन्यमा क्वालिटी कम हुन्छ भन्न मिल्दैन । कुनै पनि ठूला संरचनामा सरकारी स्वामित्वको सिमेन्ट प्रयोग नै भएको छैन । यो खाली व्यक्तिगत घरहरू बनाउनमा प्रयोग गरिएको छ । 

यहाँहरूले अर्घाखाँची सिमेन्ट पछि पीपीसी सिमेन्ट पनि बजारमा ल्याउनु भएको छ । यसको क्वालिटी कस्तो छ ? योे मार्केटमा कतिको चलेको छ ?
हामीले क्वालीटीको विषयमा कुनै सम्झौता गरेका छैनौ । हामीले लेटेस्ट टेक्नोलोजी प्रयोग गरेर सिमेन्ट उत्पादन गरेका छौँ । नयाँ टेक्नोलोजी प्रयोग गरेर नयाँ तरिकाले सिमेन्ट उत्पादन गरिरहेका छौँ । अहिले सानो घर बनाउनेदेखि लिएर ठूला उद्योग बनाउन यसको प्रयोग भइरहेको छ । ठूला संरचनाले हाम्रो सिमेन्टको प्रयोग गरेका छन् । उनीहरूले टेष्ट गरेर अर्घाखाँची नै चाहिन्छ भनेर माग गर्ने गरेका छन् । 

लकडाउनका कारण विभिन्न चुनौती आइपरेका छन् । यसलाई भोलिका दिनमा कसरी समाधान गर्ने योजना बनाउनु भएको छ ?

सिमेन्टहरू असारमा बजेट सकाउने बहानामा धेरै चल्छ । साउनदेखि मंसिरसम्म कम चल्छ । मंसिरपछि वैसाखसम्म पनि केही चल्ने गर्छ । यसरी हामीले सिमेन्ट उत्पादनको टार्गेट गरिएको हुन्छ । लकडाउनको शुरुमा रोजगारी गुम्छ भनेर जुन हल्ला थियो । ३ महिना पछि आउँदा समेत त्यो हल्ला गरे जसरी रोजगारी गुमेको छैन । यसले गर्दा निर्माण कार्य सुरु हुन्छ भन्ने आशा गरेका छौँ ।   

नेपालमा अझै पनि सिमेन्टको गुणस्तर र ग्रेडको बिषयमा विवाद देखिन्छ । अहिले पनि केहि ठूला ट्रनेलहरूमा विदेशी सिमेन्ट प्रयोग गरिन्छ । के नेपालको सिमेन्ट गुणस्तरीय नभएकै कारणले यस्तो भएको हो ?

मेलम्ची खानेपानी आयोजनामा अर्घाखाँची सिमेन्ट ३ लाख बोारभन्दा बढी सिमेन्ट प्रयोग भएको छ । अहिले १०, १२, २० मेगावाट जलविद्युत आयोजनाहरु सबै नेपाली सिमेन्टबाट बनेका छन् । नेपाली सिमेन्टको गुणस्तर नभएको होइन ।

नेपाली सिमेन्टमा ग्रेड लेख्न पाइदैन । अब बल्ल ग्रेड लेख्ने सुविधा दिने भनिएको छ । त्यहि पनि नेपालको कर्मचारीतन्त्र र अन्य राजनीतिक दाउपेचका कारण के हुन्छ भन्न सकिदैन । नत्र, नेपाली सिमेन्टको गुणस्तरमा कुनै पनि कमी छैन ।

इन्डियन सिमेन्टमा ५३ ग्रेड लेख्ने प्रचलन छ । हामीले यति ग्रेडको सिमेन्ट हो भनेर लेख्न पाउँदैनौ । उनीहरू आफैले सिमेन्टको गुणस्तर परीक्षण गरेर ग्रेड  लेख्छन् । यसरी हामीले पनि परीक्षण गर्न पाउनु पर्छ भन्ने माग हाम्रो हो । यदि यसरी सिमेन्ट परीक्षण गर्न पाउने व्यवस्था गरियो भने अर्घाखाची सिमेन्ट ५६ ग्रेडभन्दा तल हुँदैन । 

इन्डियनहरू ५३ ग्रेडको सिमेन्ट भयो भने ओपिसी ५३ ग्रेड भनेर लेख्छन् । हामीले पनि लेख्न पाउने हो भने परीक्षण गराएर लेख्ने थियौं । सरकारलाई यस्तो व्यवस्था गर्न हामीले अनुरोध गरिरहेका छौं । 

ड्याम्पहरू बनाउने ठाउँमा फाष्ट सेटिङ हुने खालको सिमेन्ट चाहिन्छ । यस्तो ठाउँमा केमिकल प्रयोग वित्तीकै तुरुन्त सेट हुने खालको सिमेन्ट हुनुपर्दछ ।  त्यस्तो सिमेन्ट भने हामीले उत्पादन गरेका छैनौ । तर गुणस्तरको मामिलामा हामी कुनै विदेशी सिमेन्ट भन्दा कम छैनौ ।

प्रतिक्रिया दिनुहोस