aarthiknews.com शनिबार, २० मंसिर २०७७   Saturday, 05 December, 2020
 

एसियाकै धनी परिवारको सफलताको यस्तो छ कथा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २२ असार २०७७
एसियाकै धनी परिवारको सफलताको यस्तो छ कथा
LBEF
Nabil Bank

एजेन्सी । भारतको एक औद्योगिक परिवार अम्बानी ग्रुप अहिले विश्वकै धनी परिवारमा सूचिकृत भएको छ । अम्बानी ग्रुपले भारतको गुजरातको सानो शहरबाट शुरु भएको व्यावसाय आज विश्वभरी फैलिएको छ । 

अम्बानी ग्रुपका संस्थापक धीरूभाई अम्बानीको दूरदर्शी सोचको परिणाम रिलायन्स इन्डस्ट्रीज विश्वको एक प्रमुख कम्पनीमा परिणत भएको छ ।  उनको सफलताको कथाले भारत र विश्वका करोडौं मानिसहरूलाई प्रेरणाका स्रोत बनेको छ । आज अर्थात् जुलाई ६ तारिक धीरूभाई अम्बानीको पुण्यतिथि हो, यस अवसरमा उनीको जीवनका केही रोचक पक्षहरूका बारेमा धेरैलाई थाहा नहुन सक्छ ।  
उनको पूरा नाम धीरज लाल हीराचन्द अम्बानी हो । धीरूभाईको जन्म २८ डिसेम्बर १९३२ मा चोरवाड नजिकैको एउटा सानो सहरमा भएको थियो । जुन गुजरात जुनागढ़को शहर नजिकै मोद (वैश्य) परिवारमा जन्मिएका थिए । उनका बुबा स्कूलका शिक्षक थिए ।

उनले नजिकैको गिरनार डाँडामा आउने तीर्थयात्रीहरूलाई भुजिया बेचेर आफ्नो व्यापारिक जीवन शुरु गरेका थिए । उनले केवल १० कक्षासम्म अध्ययन गरेको थियो र प्रमाणित ग¥यो शीर्ष उद्यमी बन्न डिग्री लिन आवश्यक छैन भन्ने यसले प्रमाणित गरिदिएको छ । 

उनी १६ वर्षको उमेरमा १९५५ मा पहिलो पटक विदेश गए । उनी आफ्नो भाई रमनिकलालकोमा काम गर्न यमन शहरको अडेन गएका थिए  । उनले त्यहा पेट्रोल पम्पमा सहायक पदमा पहिलो काम गरे र एक महिनाको तलब मात्र ३०० रुपैयाँ भारु थियो । केही समयपछि उनी भारत फर्किए र गिरनार चुचुरोमा तीर्थयात्रीहरूलाई फेरि भुजिया बेच्न थाले ।

यसको पाँच बर्षभित्र उसले १९६० मा रिलायन्स कमर्शियल कर्पोरेशनको स्थापना आफ्नो एक भतिज चम्पकलाल दमानीको साथ लिएर शुरु गरेका थिए । उनको पहिलो कार्यालय मुम्बईको मस्जिद बन्दार क्षेत्रमा नरसिनाथन स्ट्रीटमा ३५० वर्गफुटको कोठा भाडामा लिएका थिए । यसमा दुई टेबल, अजब कुर्सी र एउटा टेलिफोन थिए । 

उनले केवल ५० हजार रुपैयाँ भारु र दुई सहायकको पँुजीसँग यो व्यवसाय शुरु गरे । आज उनै धिरुभाई अम्बानी ग्रुपकै छोरा मुकेश अम्बानीको नेतृत्वमा रहेको रिलायन्स इन्डस्ट्रिजको मात्र ११ लाख करोडभन्दा बढीको मार्केट क्याप बराबर बनेको छ । 

धिरुभाई अम्बानीले शुरु गरेको कम्पनीहरुमा छोराहरुले कम्पनीको नाम धेरै पटक परिवर्तन गरे । पहिले यसलाई रिलायन्स कमर्शियल कर्पोरेशनको नाममा राखियो जुनलाई परिवर्तन गरि रिलायन्स टेक्सटाइल प्राइभेट लिमिटेडलाई रिलायन्स इन्डस्ट्रिज लिमिटेडमा परिणत गरियो । धीरुभाईले नायलन आयात गर्न थाले, जसले उनलाई लगभग ३०० प्रतिशत नाफा दियो । 

१९९६ मा रिलायन्स एसएन्डपी, मूडीजस्ता अन्तर्राष्ट्रिय क्रेडिट रेटिंग एजेन्सीहरूद्वारा रेटिंग शुरू गर्ने भारतको पहिलो निजी कम्पनी बन्न सफल भयो । उनको नेतृत्वमा रिलायन्स पहिलो निजी कम्पनी बन्यो जसले यसको वार्षिक साधारण सभा (एजीएम) रंगशालामा गर्ने अबस्थामा पुग्यो । ३ लाख ५० हजार मानिस एजीएममा भाग लिने लगानीकर्ता हुन्थे ।  

उनले आफ्नो लगानी पेट्रोकेमिकल, टेलिकम, उर्जा, उर्जा जस्ता धेरै क्षेत्रमा विस्तार गरे । धीरुभाईलाई दुई पटक ब्रेनस्ट्रोक भयो । पहिलो पटक १९९६ र दोस्रो पटक २४ जुन २००२ मा ब्रेनस्ट्रोक आयो र २००२ जुलाई ६ मा उनको निधन भयो । 
 

प्रतिक्रिया दिनुहोस