aarthiknews.com बुधबार, २१ साउन २०७७   Wednesday, 05 August, 2020
 
Bajaj_Bike
Tasen

सोमबार नेप्से ३३.२७ अंकले बढ्यो , नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी कारोबार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २२ असार २०७७
सोमबार नेप्से ३३.२७ अंकले बढ्यो , नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी कारोबार
LBEF

काठमाडौं । सोमवार नेप्से परिसूचक ३३ दशमलव २७ अंकले बढेर १ हजार २९८ दशमलव ७३ विन्दुमा पुगेको छ । आइतवार १ अर्ब रुपैयाँभन्दा बढी कारोबार भएको नेप्सेमा सोमवार भने ९२ करोड ७८ लाख ४१ हजार बराबरको कारोबार भएको छ । 

यस दिन १७८ कम्पनीको १७ हजार ३८४ पटकको व्यापारमा २७ लाख ३१ हजार ४९८ कित्ता शेयर कारोबार भएको हो । ठुला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव ३० अंकले बढेर २७५ दशमलव ८८ विन्दुमा पुगेको छ । विहिवार नकारात्मक सर्किट सहित ८० अंक घटेको बजार आइतवारदेखि बढेको छ । आइतवार ९ दशमलव ३५ अंकले नेप्से परिसूचक बढेको थियो ।

सोमवार कारोबारमा आएका १२ समूहमध्य म्युचुअल फण्डको परिसूचक घटेको छ भने बाँकी समूहको बढेको छ । यस दिन म्युचुअल फण्डको परिसूचक शून्य दशमलव ६७ प्रतिशतले घटेको हो । यो अवधिसम्म बैंकिङ समूहको १ दशमलव ९६ प्रतिशत, व्यापारिक समूहको १ दशमलव ७८ प्रतिशत, होटल समूहको १ दशमलव ७८ प्रतिशत , विकास बैंक समूहको शून्य दशमलव ८५ प्रतिशत रहेको छ । 


 जलविद्युत समूहको १ दशमलव ३५ प्रतिशत, वित्त समूहको शून्य दशमलव ४ प्रतिशत , निर्जीवन बीमा समूहको ४ दशमलव ९८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको १ दशमलव ७३ प्रतिशत, अन्य समूहको ४ दशमलव २६ प्रतिशत, लघुवित्त समूहको ४ दशमलव शून्य ३ प्रतिशत र जीवन बीमा समूहको ३ दशमलव ५४ प्रतिशत परिसूचक बढेको छ ।

सोमवारको कारोबारमा सबैभन्दा बढी रकमको नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । यस कम्पनीको  १४ करोड ५३ लाख ३१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य  ४० रुपैयाँ ले बृद्धि भएको छ । यस कम्पनीको शेयरमूल्य १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ ।

 नेपाल पुनर्बीमासँगै यो दिन ग्लोबल आइएमई लघुवित्तको शेयरमूल्य पनि १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयरमूल्य सोमबार  १२० रुपैयाँ ले बढेको हो । बढेको बजारमा सोमबार सबैभन्दा बढी राधी विद्युत कम्पनीका शेयरधनीहरुले गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य १० प्रतिशत घटेर नकारात्मक सर्किट लागेको छ । सोमवार राधीको शेयरमूल्य १८ रुपैयाँ ले घटेको छ ।  
 

नेप्से २ दशमलव ६३ प्रतिशतले बढ्दा १२ सय ९८ दशमलव ७३ अंकमा पुगेको छ । क वर्गका कम्पनीहरुको मापक शेन्सेटीभ इन्डेक्स पनि ६ दशमलव ३० प्रतिशतले बृद्धि हुँदै २ सय ७५ दशमलव ८८ अंकमा पुगेको छ । यो २ दशमलव ३४ प्रतिशतको बढोत्तरी हो ।

सोमबार जम्मा १ सय ७६ कम्पनीको २७ लाख ३१ हजार ४ सय ९८ कित्ता शेयर कारोबार हुँदा बयानब्बे करोड ७८ लाख ४१ हजार माथीको कारोबार भएको छ ।

आज म्युचुअल फण्डबाहेक सम्पूण उपसूचकहरु हरियाली देखिएको छ । आज सबैभन्दा धेरै कमाउनेमा ग्लोबल आइएमई लघुबित्त, नेपाल रि–इन्स्योरेन्स कम्पनी, सुर्योदय लघुबित्त लगाएतका कम्पनीका शेयरधनीहरुले नाफ कमाएका छन् । भने धेरै गुमाउनेमा राधी बिद्युत कम्पनी, बेटलर्स नेपाल लगाएतका कम्पनीका लगानीकर्ताहरु रहेका छन । 

साथै, नेपाल रि–इन्स्योरेन्स कम्पनीको १४ करोड ५३ लाख माथीको कारोबार भएको छ ने दोस्रोमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको ७ करोड ८० लाख माथीको कारोबार भएको नेप्सेले जनाएको छ ।

यस दिन म्युचुअल फण्डको परिसूचक शून्य दशमलव ६७ प्रतिशतले घटेको हो । यो अवधिसम्म बैंकिङ समूहको १ दशमलव ९६ प्रतिशत, व्यापारिक समूहको १ दशमलव ७८ प्रतिशत, होटल समूहको १ दशमलव ७८ प्रतिशत , विकास बैंक समूहको शून्य दशमलव ८५ प्रतिशत , जलविद्युत समूहको १ दशमलव ३५ प्रतिशत, वित्त समूहको शून्य दशमलव ४ प्रतिशत , निर्जीवन बीमा समूहको ४ दशमलव ९८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको १ दशमलव ७३ प्रतिशत, अन्य समूहको ४ दशमलव २६ प्रतिशत, लघुवित्त समूहको ४ दशमलव शून्य ३ प्रतिशत र जीवन बीमा समूहको ३ दशमलव ५४ प्रतिशत परिसूचक बढेको छ ।

सोमवारको कारोबारमा सबैभन्दा बढी रकमको नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । यस कम्पनीको रू. १४ करोड ५३ लाख ३१ हजार बराबरको कारोबार भएको छ ।

नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य रू. ४० ले बृद्धि भएको छ । यस कम्पनीको शेयरमूल्य १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ । नेपाल पुनर्बीमासँगै यो दिन ग्लोबल आइएमई लघुवित्तको शेयरमूल्य पनि १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयरमूल्य सोमबार रू. १२० ले बढेको हो ।

बढेको बजारमा सोमबार सबैभन्दा बढी राधी विद्युत कम्पनीका शेयरधनीहरुले गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य १० प्रतिशत घटेर नकारात्मक सर्किट लागेको छ । सोमवार राधीको शेयरमूल्य रू. १८ ले घटेको छ ।  

प्रतिक्रिया दिनुहोस