aarthiknews.com बुधबार, २८ साउन २०७७   Wednesday, 12 August, 2020
 
Bajaj_Bike
Tasen
डिजिटल

अवैध भुक्तानी प्रणालीलाई राष्ट्र बैंकको निर्देशनः अनुमति नलिइ कारोबार गरे कारवाही

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १९ असार २०७७
अवैध भुक्तानी प्रणालीलाई राष्ट्र बैंकको निर्देशनः अनुमति नलिइ कारोबार गरे कारवाही
LBEF

काठमाडौं । नेपाल राष्ट्र बैंकले अनुमति लिएका संस्थाबाटमात्र भुक्तानी सम्बन्धी कारोबार गर्न गराउन निर्देशन दिएको छ । राष्ट्र बैंकबाट कारोबारको अनुमति नलिइ डिजिटल प्रणालीमार्फत कारोबार गर्ने संस्थाहरुलाई यस्तो कारोबार नगर्न सूचना जारी गरेको हो । 

बैंकले आज शुक्रबार एक सूचना जारी गर्दै बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकबाट अनुमति नलिएका संस्थाहरुलाई डिजिटल पेमेन्ट पार्टनरको रुपमा आवद्ध गरी भुक्तानी सेवा संचालन नगर्न भनेको छ । 

नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलका अनुसारले अहिलेसम्म कुनै गैर कानुनी भुक्तानी वा कारोबारको उजुरी आएको वा अनुसन्धान भएको नभइ आम नागरिकलाई सूसुचित बनाउन मात्रै यस्तो सूचना जारी गरिएको हो । 

विभागले अनुमति नलिइ यस्तो कारोबार गर्ने संस्थालाई रोक लगाइसकेको छ । यद्यपि बिट क्याइन लगायतका क्रिप्प्टो करेन्सीबाट हुने भुक्तानी वा त्यस प्रयोग वैध रुपमा भइरहेको बताइन्छ । राष्ट्र बैंकको शुक्रबार निर्देशन त्यस्ता भुक्तानी प्रति लक्षित गरिएको हो । 

भुक्तानी तथा फस्र्यौट ऐन २०७५ को दफा ५ अनुसार नेपाल राष्ट्र बैंकको अनुमति लिएका संस्थाले मात्रै यस्तो कारोबार गर्न भनिएको छ । नेपाल राष्ट्र बैंकबाट कुनै पनि अनुमति नलिई कारोबार गर्दै आएका विभिन्न संस्थाहरुलाई नेपाल राष्ट्र बैंकले बैंकबाट अनुमति लिइसकेपछि मात्र यस्तो कारोबार गर्न भनेको छ । 

नेपाल राष्ट्र बैंकबाट हालसम्म भुक्तानी प्रणाली सञ्चालक र भुक्तानी सेवा प्रदायक गरी कुल २३ वटा संस्थाले डिजिटल भुक्तानीका लागि अनुमति लिएका छन् । बैंकबाट भुक्तानी प्रणाली सञ्चालक गर्न ९ वटा र भुक्तानी सेवा प्रदायकको काम गर्न १४ वटा संस्थाले  डिजिटल भुक्तानी कारोबारका लागि अनुमति लिएका छन् ।
 

प्रतिक्रिया दिनुहोस