aarthiknews.com बुधबार, २१ साउन २०७७   Wednesday, 05 August, 2020
 
Bajaj_Bike
Tasen

नेपाल रेडक्रस र कोका–कोला नेपालबीच कोभिड—१९ विरुद्धको लडाईमा सहयोग पुर्याउन साझेदारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १९ असार २०७७
नेपाल रेडक्रस र कोका–कोला नेपालबीच कोभिड—१९ विरुद्धको लडाईमा सहयोग पुर्याउन साझेदारी
LBEF

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी (नेरेसा) र कोका–कोला नेपालले कोभिड–१९ को महामारीमा संकटमा रहेका विरामीहरुको सहयोगार्थ अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र स्वयंसेवकहरुको सुरक्षाअभिवृद्धिको लागिसाझेदारी गरेको छ । यसप्रोजेक्टको लक्ष्यदेशभरका सातवटै प्रदेश काप्रमुखसार्वजनिक अस्पतालका स्वास्थ्यकर्मीहरु तथा अग्रपतिंकास्वयंसेवकालागि सुरक्षा सामग्री र निस्संक्रामक वस्तुहरु उपलब्धगराउने रहेको छ । यस परियोजनाको समग्र उद्देश्य कोभिड–१९ को जोखिममा रहेका डाक्टर, नर्स, रक्त टेक्निशियनहरु, एम्बुलेन्स ड्राइभर, मेडिकल टेक्निशियन, क्वारेन्टीन केन्द्रकामानिसहरु तथा समुदायका सदस्यहरु सहितकरिब ६० हजारलाई सेवा पु¥याउने रहेको छ ।

यसै सन्दर्भमा हस्तान्तरण समारोहअसार १६ गते स्वास्थ्यतथा जनसंख्यामन्त्रालय परिसरमा माननीयमन्त्रीभानुभक्त ढकाल, कोका—कोला नेपाल र नेपाल रेडक्रसका प्रतिनिधिहरुकोउपस्थितिमाशुरुवातगरिएको हो ।पहिलो चरणको सुरक्षासामग्रीहरु र स्वास्थ्य सामग्रीहरुमन्त्रीभानुभक्त ढकालले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुकानिर्देशक डा. सागर कुमार राजभण्डारीलाई हस्तान्तरण गरेका छन् । 

यस सामग्रीहरुमा विभिन्न चरणमा हस्तान्तरण गरिनेछ र पहिलो चरणमा हस्तान्तरण हुने सामग्रीहरुमा १५ हजार थान सर्जिकलमास्क, के–९५ माक्स एक हजार एकसयपचास थान, ५५० थानहुडको साथ डिस्पोजेबल कभर्अल, शुरक्षा चस्मा ३०० वटा, दशहजार जोडी पञ्जा, ४४० थानसुरक्षा बुट, स्यानिटाइजर २५०० बोटल, निर्मलीकरण केमिकल सोडियम हाइपोक्लोराइड ४५० र १५ हजार एक सय अठार थान साबुन रहेका छन् ।आगामी २ हप्ताभित्र सबै सामग्रीहरु वितरण भइसक्नेछन् । 

सामग्री वितरण समारोहमा माननीय मन्त्री ढकालले कोभिडको महामारीको चालु लडाईमा सहयोग गर्न सामग्री सहितउपस्थितभएकोमा नेपाल रेडक्रस र त्यसको साझेदार कोका—ककोलालाई धन्यबाद व्यक्त गर्दै भन्नुभयो,“यो कठिन समयमा सबैको सहयोग आवश्यक छ रप्राप्त सबै सामग्रीहरुपारदर्शी रुपमा रेकर्ड गरिनेछभनेर हामी सुनिश्चित गर्न चाहन्छौंर यसको उचितवितरण गरिने छ । नेपाल सरकारले यी सामग्रीहरु नपुगेको स्थानमा तत्काल सामान पठाउनेछ ।”

शुक्रराज अस्पतालका टेकुकानिर्देशक डा. सागर कुमार राजभण्डारीले योे सामग्रीले डाक्टर, नर्स लगायतअग्रपंतिका स्वास्थ्यकर्मीको हौसला बढाएको बताउए । उनले भने,“अस्पतालले संक्रमितहरुलाई स्वास्थ्य किट उपलब्ध गराउन कडा परिश्रम गर्दै आइरहेको छ र प्राप्त सामग्रीहरु हामीहरुका लागि पनि निश्चय नै उपयोगी हुनेछन् ।”

“नेपाल रेडक्रस र द कोकाकोला फाउण्डेशनको यो साझेदारी कोरोना भाइरसलाई नियन्त्रण गर्ने र अग्रपंतिमा कार्यरत स्वास्थ्यकर्मी र स्वयंसेवकहरुको संरक्षण गर्ने एउटा प्रयास हो ।” नेपाल रेडक्रसकाअध्यक्ष संजीवथापाले बताउनुभयो । रक्त सञ्चार, एम्बुलेन्स, अस्पताल आदिजस्ताअत्यावश्यक सेवाहरूको निरन्तरता सुनिश्चित गर्न अतिआवश्यकसुरक्षा सामग्रीहरुको ठूलो महत्व छ । उपकरणहरूसँगै प्रयोग विधिहरु सम्बन्धित प्रशिक्षणहरू साथसाथै उपलव्ध गराइने छ । यसक्रम माबन्दाबन्दीको नियम को पालना र भौतिक दूरी कायम गरिने छ ।”

“मुलुक र नागरिकहरुलाई सुरक्षित राख्नअथक परिश्रम गरिरहेका स्वास्थ्यकर्मी र आपतकालीन स्वयंसेवकहरुलाई अत्यावश्यक व्यक्तिगत उपकरणहरु र विभिन्न स्वास्थ्य निकायहरुलाई आवश्यक स्वास्थ्य उपकरणहरु उपलव्ध गराउन नेपाल रेडक्रस लगायतहाम्रा साझेदारसँग सहकार्य गर्न पाउँदा हामीलाई खुशीलागेको छ ,कोका—कोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भन्नुभयो ।”

तीव्र गतिले पैmलिइरहेको कोभिड–१९ महामारीको परिस्थितिमा संक्रमण रोकाथाम र नियन्त्रणमा नेपाल रेडक्रसले स्वास्थ्य, सरसफाई, जोखिम सञ्चार, सामुदायिक संलग्नता, संरक्षण तथाक्वारेन्टिन सहयोग लगायतविभिन्न क्षेत्रमा सरकार, स्थानीयतह, स्थानीय समुदाय, रेडक्रसका विभिन्ननिकायहरु, दाता र साझेदारसँग मिलेर काम गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस