aarthiknews.com बुधबार, २१ साउन २०७७   Wednesday, 05 August, 2020
 
Bajaj_Bike
Tasen
मौन्द्रिक नीति

‘कर्जा उठाउन छुट्टै सम्पत्ति व्यवस्थापन कम्पनी खोल्ने अवधारणा ल्याइएको हो’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १९ असार २०७७
‘कर्जा उठाउन छुट्टै सम्पत्ति व्यवस्थापन कम्पनी खोल्ने अवधारणा ल्याइएको हो’
LBEF

काठमाडौं । कोभिड–१९ का कारण अस्तव्यस्त भएको उद्योग व्यवसायको गतिशिलताको लागि तरलता सहजता हुनुपर्छ । मौन्द्रिक नीतिले भएका उद्योग व्यवसायले गतिशिल बनाउने र तरलताको सहजीकरण गर्नुपर्छ । नेपालभित्रबाट मात्र तरलता सहजता गर्न सकिदैन भने बाहिरबाट लिएर भएपनि अझ सहज र सरल बनाउनु पर्छ । अहिले बैंक तथा वित्तीय संस्थासँग प्रशस्तै तरलताको अवस्था भएपनि भोलि अभाव हुन सक्छ । 

अन्तर्राष्ट्रिय बजारमा भएको तरलतालाई नेपाली बजारमा ल्याउन सक्ने हुनुपर्छ । विशेषतः अहिले उद्योग व्यवसायलाई तीन क्याटोगोरीमा वर्गीकरण गर्नुपर्छ । बढी असर परेका अर्थात लामो समयसम्म रिभाइभ हुन नसक्ने, ६ महिना वर्ष दिनमा रिभाइभ हुने र तत्कालै रिभाइभ हुनेलाई त्यहि अनुसार सेवा सुविधा दिनुपर्छ । कर्जाको पुर्नतालिकीकरणदेखि पुर्नसंरचनासम्म जे जे गर्न सकिन्छ त्यो गरेर उद्योग व्यवसायलाई बचाउनु पर्छ । यी व्यवसाय बचेमात्र बैंक बच्ने हो । 

कतिपय उद्योग व्यवसायले लकडाउनकै समयमा निकै नै राम्रो गरिरहेका छन् । बढी प्रभावित, मध्यम प्रभावित तथा कम प्रभावितलाई छुट्याउन पर्छ । सूचना प्रविधि (आईटी), खाद्य प्रोसेसिङलगायतका उद्योगहरूले अझ राम्रो पनि गर्दै आएका छन् । केही क्षेत्र त्यस्ता छन् जसमा सरकारी राहत प्याकेज नभइ उठन नसक्ने अवस्था पनि देखिएको छ ।

त्यस्ता उद्योग व्यवसायलाई बैंकहरूले मात्र जोगाउन सक्ने अवस्था छैन । सरकारले त्यस्ता व्यवसायीलाई पुनरकर्जा मार्फत सहयोग गर्न खोजेको छ । शाखानै पिच्छे त्यस्तो सहुलियत कर्जाको व्यवस्था गर्ने विषय बजेट मै समेटिसकिएको छ । 

अहिलेको समयमा बैंकहरू सबै रिकभरीमै लाग्ने अवस्था छ । नयाँ परियोजनमा लगानी गरिएन भने बैंकहरू आफै ब्याक वाड हुन हुन्छन् । यदि बैंकहरू रिकभरीमात्रै लागे भने उनीहरूको ग्रोथ हुँदैन । यसबाट खराब कर्जा बढ्न सक्छ । त्यसैले यस्तो कर्जा उठाउनको लागि छुट्टै सम्पत्ति व्यवस्थापन कम्पनी खोल्ने अवधारणा ल्याइएको हो । खराब कर्जाको व्यवस्थाको लागि सो कम्पनीमा त्यस्ता खालमा कर्जा ट्रान्फर गरेर बैंकहरू त्योभन्दा अलगै बसेर काम गर्ने भन्ने हो । रिक्सले क्षमता पनि कम हुँदै जान्छ । 

कोभिड अगाडी र पछाडीमा मानिसको व्यवहारमा नै परिवर्तन हुन पनि सक्छ । नेपालमा वैदेशिक मुद्राको अभावका कारण भोलिका दिनमा वैदेशिक व्यापारमा प्रेसर पर्न जान्छ । विगत लामो समयदेखि व्यापार घाटा बढ्दै गएको छ । अहिलेसम्म वैदेशिक मुद्राको पाटो  रेमिट्यान्सले धान्दा वित्तीय स्थिरता भएको हो । नत्र, यसमा पनि समस्या आउन सक्छ । 

बैंकहरूले भोलिका दिनमा नयाँ क्षेत्र खोजेर बिजनेश ग्रोथ गर्दै अगाडी बढ्नु पर्ने अवस्था छ । नयाँ किसिमको काम गर्न सक्नुपर्छ । अप्ठ्यारो भित्र पनि बिजनेश बढाउँदै र विस्तार गर्दै लैजान सकियो भने राम्रो हुन्छ । यद्यपि भोलि मानिसको सोचाइमा विल्कुलै परिवर्तन हुन पनि सक्छ । अहिले चीनमा कोरोनाको प्रभाव देखिन छाडेपनि केही वस्तुहरूको बिजनेश ५० प्रतिशत भन्दा तल ओर्लिएको छ । उपभोग घट्न पनि सक्छ । 

नेपाललाई आत्मनिर्भरता तिर लैजान हाम्रा बानी व्यवहारमा परिवर्तन गर्न सकियो भने केहीमात्रमा समायोजन गर्न सकिएृला । नत्र, भोलिका दिनमा गाह्रो पर्छ । यस्तो अवस्थामा सरकार र राष्ट्र बैंकले यस्ता उद्यम व्यवसायलाई जोगाउन सकेन भने उनीहरू पनि जागिर खाने मान्छेको स्तरमा आउँछ र उनीहरूका लागि पनि रोजगारी सिर्जना गर्नुपर्ने हुन्छ । नयाँ रोजगारी सिर्जना गर्न उत्पादन तिर लाग्नुपर्छ । नेपाली उत्पादनलाई बढ्वा दिन सकियो भने समग्र देशको अर्थतन्त्र नै चलायमातन हुँदै जान्छ ।

कोभिडभन्दा अगाडी बैंकहरू शाखा विस्तारको अभियानमा थिए । अहिले ४२ सय शाखा छन् । ७४६ स्थानीय तहमा बैंक पुगेका छन् । अब भने बैंकले शाखा खोल्ने भन्दा पनि डिजिटल माध्यमबाट ग्राहकलाई सेवा दिने योजना बनाएका छन् । लगानी पनि त्यसमा भइरहेको छ । 

अहिलेनै कर्मचारी हटाउने वा घटाउने सोचमा बैंकहरू पुगिसकेका छैनन् । तर,  डिमाण्ड गर्ने अवस्थामा पनि हामी छैनौ । अबका दिनमा हामीले प्रविधिमाध्यमबाट सेवा विस्तार गर्नुपर्छ । बैंकहरूलाई सञ्चालन लागत घटाउने बाध्यता पनि छ । अहिले नै ठूलो संकट नभएपनि प्रविधिमैत्री बन्दै जानुपर्छ ।

अकाउन्ट खोल्नेसम्मका काम डिजिटलमाध्यमबाट गर्ने सकियो भने राम्रो हुन्थ्यो भन्ने हो । अहिले डिजिटल हस्ताक्षर चलिसकेको अवस्था छैन । खाता खोल्न बैंक नै आउनु पर्ने बाध्यतालाई सरल बनाउने कुरालाई मौद्रिक नीतिमा व्यवस्था गरियोस् भन्ने  माग गरिरहेका छौं । सर्भिस राम्रो गर्दै जानु पर्छ । 

मान्छेले गर्दा पनि मिस्टेक हुने सम्भावना हुन्छ । रिक्स व्यवस्थापनको लागि आफ्नो सेक्युरिटी सिष्टमलाई बलियो बनाउँदै जानु पर्छ । अडिटहरू राम्रोसँग गर्नुपर्छ । बाहिर भइरहेका अभ्यासलाई नेपालमा भित्र्याउनु पर्छ । सम्पूर्ण बैकिङ प्रणालीलाई नै सुरक्षित बनाउनु पर्छ । यसका लागि अहिले खर्च भएपनि यसको प्रभाव भने दीर्घकालीन रुपमा रहन सक्छ । रिक्स त सबैमा छ । 

कोभिडले डिजिटलमाध्यमबाट बैकिङ कारोबार गर्ने पाठ सिकाएको छ । बाहिरतिर ५/१० प्रतिशतमात्रै नगदको कारोबार हुन्छ अन्य सबै डिजिटल हुन्छ । हामी कहाँ उल्टो छ ।  यसबाट धेरै फाइदा भएको छ । मानिसले बुझ्दै गएका छन् । एनएमबी बैंकमा पनि कोभिडको असर देखिसकेको छ र पनि त्यति डराइ हाल्नु पर्ने स्थिति पनि छैन । तर, यति भनिरह्दा आजभन्दा चार महिना अगाडीको अवस्थामा पनि हामी छैनौ । आजको दिनमा हामीसँग २० अर्ब जति रिर्जभ र क्यापिटल गरेर छ । 

त्यो भनेको कुल कर्जाको २० प्रतिशत हो । यस्तो स्ट्रेन्थ २७ वटै वाणिज्य बैंकको छ । ५सय अर्बभन्दा बढी क्यापिटल र रिर्जभ नै छ । कर्जा ३ हजार अर्ब जतिको छ । त्यो निरन्तरता पनि हुन्छ । १३–१४ प्रतिशतको हाराहारीमा क्यापिटल एडुकेशी रेसियो छ । हामी त्यो लेभलको बिजनेश गर्न पनि सक्छौं । रिभाइभका लागि चाहियो भने । 

नेपालमा उपभोगको प्याट्रन चेन्ज हुन सक्छ भन्ने हो । त्यसले गर्दा आयातमा जाने पैसा बढ्न सक्छ भन्ने हो । गत वर्षकै हेर्ने हो । कृषि उपज नै २ सय अर्बभन्दा बढी आयात भएको छ । ती वस्तु अहिले नेपाल मै उत्पादन गर्न सक्ने अवस्था सिर्जना भएको छ । वैदेशिक रोजगारीमा गएका थिए । रेमिट्यान्सले देश धानिरहेको थियो । अब वैदेशिक रोजगारीबाट फर्केकालाई पनि केही गर्नुपर्ने अवस्था छ । 

सरकारले पनि स्वास्थ्य पछिको कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको छ । यस्तो अवस्थमा बैकिङ पनि त्यहि लेभलमा गएर काम  गर्यो भने लामो समयसम्म सस्टेन हुने भयो । पहिला मान्छे नै थिएनन् । अहिले मान्छे पनि छ बजार पनि छ । त्यो सेक्टरलाई फोकस गरेर बैकिङ क्षेत्र जानु पर्छ ।

विलासिताको क्षेत्रमा अहिले त्यति फोकस गर्नु हुँदैन । फेसनमा जानु भएन । बचतको सोच पनि बढ्ला । सेक्टर छनोट गर्दा जानु पर्छ । एनएमबीले पहिला देखिनै पर्यटन क्षेत्रलाई प्राथमिकता राख्दै आएको छ । आन्तरिक पर्यटन बढ्छ । रिजनल पर्यटनको अवधारण पनि आउँला । हाइड्रोपावर क्षेत्र पनि प्रतिस्पर्धी बन्दै जाने छ । अहिले सरकारले विनियोजन गरेको बजेट खर्च गरियो भने केही परिवर्तन आउँला । 

एउटा लेभलमा निकै टाइट थियो । धेरै रूलहरू थिए । लाइबर रेट पनि मह्गो थियो । बीचमा घटेको अवस्था छ । यसले केही सहज थियो । बाहिरका लगानीकर्तामा नेपालमा पैसा दिन हुने हो कि होइन डर छ । विश्वासको वातावरण पनि थिएन । कर्जामा ट्रयाक रेकर्ड हिस्ट्री महत्वपूर्ण हुन्छ । त्यसकारणले गर्दा पनि होला । हामीले शुरु गर्यौ । दुई÷तीन वटा बैंकले ल्याए पनि । अहिलेसम्म धेरै कुरा सहज भइसकेको छ । 

हामीलाई त्यो पैसा ल्याइसकेपछि डलरमा स्वाप गर्ने व्यवस्था बन्नु पर्यो । त्यो भनेको हामीले उहाँहरूलाई डलर दिइसकेपछि नेपाली रुपैयाँ हामीलाई दिनु पर्यो र पछि नेपाली रुपैयाँ दिएर डलर पाउनु पर्यो भन्ने हो । त्यो गर्दा अहिलेको अवस्थामा बजारबाट तरलता दिनपनि सजिलो हुथ्यो र सरकारलाई त्यति ठूलो भार पनि पर्ने थिएन । बाहिर तिर यस्तै हुने गरेको छ । 

बाहिरबाट पैसा ल्याउँदा धेरै शर्त लगाउने गर्छ । यसले गर्दा बैंकहरू डिसिप्लेनमा चल्ने भए । यसका साथै यसमा प्राविधिक सहयोग पनि हुुन्छ । यसले बैंकको ग्रोथ गर्नुका साथै समग्र नेपालको अन्तर्राष्ट्रिय छवि र पहिचान पनि बढ्दै जान्छ । 

प्रतिक्रिया दिनुहोस