aarthiknews.com शनिबार, २४ साउन २०७७   Saturday, 08 August, 2020
 
Bajaj_Bike
Tasen

नेप्सेमा ६ प्रतिशतको नकारात्मक सर्किट, कुन–कुन कम्पनीले बढी गुमाए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १८ असार २०७७
नेप्सेमा ६ प्रतिशतको नकारात्मक सर्किट, कुन–कुन कम्पनीले बढी गुमाए
LBEF

काठमाडौं । दुई दिन ६ प्रतिशतको सकारात्मक सर्किट लागेको शेयर बजारमा बिहीबार ६ प्रतिशतको नकारात्मक सर्किट लागेको छ । यस दिन बजार ८० दशमलव ४१ अंकले घटेर १ हजार २५६ दशमलव ११ विन्दुमा झरेको छ । ठुला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स १७ दशमलव ९९ अर्थात ६ दशमलव २७ प्रतिशतले घटेर २६९ दशमलव शून्य ३ विन्दुमा झरेको छ । 

यस दिन १४२ कम्पनीको ४७ करोड ६६ लाख ५४ हजार रुपैयाँ बराबरको १० लाख ६१ हजार ८९० कित्ता शेयर कारोबार भएको छ । कारोबारमा आएका १२ समूहमध्य म्युचअल फण्डको परिसूचक बढेको छ भने बाँकी सबै समूहको घटेको छ । बिहीबार नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी शेयर कारोबार भएको छ । यस कम्पनीको प्र्रतिकित्ता  ३८३ रुपैयाँ मा  ६ करोड ६ लाख ८२ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको हो । 

यस दिन सबैभन्दा बढी कमाउने स्वाभिमान लघुवित्तका शेयरधनीहरु रहेका छन् भने सबैभन्दा बढी गुमाउनेमा सोल्टी होटलका शेयरधनीहरु रहेका छन् । सोल्टी होटलको शेयरमूल्य १० प्रतिशत घटेको हो । यस दिन सोल्टी सहित प्रभु बैंक, हिमालयन डिष्ट्रिलरी , लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल र ग्लोबल आईएमई बैंकको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको छ ।

बिहीबारको कारोबारमा नेप्सेले तीन पटकको नकारात्मक सर्किटको सामना गरेको हो । पहिलो कारोबार सुरु भएको २३ मिनेटमै ४ प्रतिशत बढेको थियो २० मिनेट बन्द भई खुलेको बजार ११ बजेर ४७ मिनेटमा थप एक प्रतिशत बढी दोस्रो सर्किट लागेको थियो । दोस्रो सर्किटपछि ४० मिनेट बन्द भई १२ बजेर २८ मिनेटमा खुलेको बजार १२ बजेर ४० मिनेटमा ६ प्रतिशत सर्किट सहित बजार बन्द भएको हो ।
 
 

प्रतिक्रिया दिनुहोस