aarthiknews.com शनिबार, २४ साउन २०७७   Saturday, 08 August, 2020
 
Bajaj_Bike
Tasen

२५ मिनेटमै ५३ अंकले घट्यो शेयर बजार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १८ असार २०७७
२५ मिनेटमै ५३ अंकले घट्यो शेयर बजार
LBEF

काठमाडौं । लकडाउनपछि सोमबारदेखि सुचारु भएको नेपाली धितोपत्र कारोबार पहिलो दिन १२ अंकले घटेको थियो भने मंगलबार र बुधबार दुई र तीन पटक सकारात्मक सर्किटब्रेक लागेर कारोबार खुलेको डेढ घण्टा नपुग्दै सेयर बजार ६ प्रतिशतले बढेर बन्द भयो ।

बिहीबार ११ बजे खुलेदेखि ओरालो लाग्ने क्रम सुरु भएको छ । बजार खुलेको २५ मिनेटमै ५३ अंक भन्दा माथिले गिरावट आएको छ ।

शेयर बजार ३ दशमलव ९९ प्रतिशतले घट्दा नेप्से इन्डेक्स १ हजार २८३ अंकमा पुगेको छ । यस्तै सेन्सेटिभ इन्डेक्ससमेत ११ दशमलव ९३ अंकले घटेर २७५ अंकमा पुगेको छ ।

कारोबार रकम भने २२ करोडमाथीको भएको छ । उक्त अबधिमा १ सय २९ कम्पनीकाे ४ लाख ८८ हजारभन्दा माथीकाे शेयर काराेबार भएकाे छ ।

नेपाल बैंक लिमिटेड, ग्लोबल आइएमई बैंक, सिभम् सिमेन्टलगाएतका शेयरधनीहरुले गुमाउन पुगेको नेप्सेले जनाएको छ ।

बुधबार भने तीन पटकको सकारात्मक सर्किट सहित बजार बन्द भएको हो । कारोबार खुलेको ५९ मिनेटम ४ प्रतिशत बढेर पहिलो सर्किट लागेको थियो भने १२ बजेर ३१ मिनेटमा थप एक प्रतिशत नेप्से परिसूचक बढेपछि दोस्रो सर्किट लागेको थियो ।

पहिलो सर्किटमा २० मिनेटको लागि र दोस्रो सर्किटमा ४० मिनेटको लागि कारोबार बन्द भएको हो । दोस्रो सर्किट पछि खुलेको बजार १ बजेर १३ मिनेटमा ६ प्रतिशत बढेपछि बुधबारकै लागि कारोबार बन्द भएको थियो । 

प्रतिक्रिया दिनुहोस