aarthiknews.com बुधबार, २१ साउन २०७७   Wednesday, 05 August, 2020
 
Bajaj_Bike
Tasen

तोलामा ७ सयले घट्यो सुनको मूल्य, यस्तो छ आजको भाउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १८ असार २०७७
तोलामा ७ सयले घट्यो सुनको मूल्य, यस्तो छ आजको भाउ
LBEF

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । बुधबार छापावाल सुन प्रतितोला ९१ हजार ७ सयमा कारोबार भएकोमा आज तोलामा ७ सयले घटेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार रहेको छ भने तेजावी सुन प्रतितोला ९० हजार ५६५ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि १० रुपियाँले घटेको छ । आज चाँदी प्रतितोला ९५० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस