
एजेन्सी । श्रीलंकन अभिनेत्री ज्याकलिन फर्नान्डिज ३ महिनापछि अभिनेता सलमान खानको फर्महाउसबाट बाहिर आएकी छन् । उनी ३ महिनादेखि मुम्बइको पानबेलास्थित फर्म हाउसमा सलमान खान र उनका परिवारसँगै थिइन् । ३ महिनाअघि उनी सो फर्महाउसमा बसेको बेला नै भारतमा लकडाउन शुरु भएको थियो ।
यो ३ महिना लडाउनमा भए पनि आफूहरूले खुब रमाइलो गरेको र सलमान तथा उनका परिवारले कहिल्यै पनि लकडाउनका कारण बन्दी भएको महसुस हुन नदिएको यी अभिनेत्रीले बताएकी छन् । यो अवधिमा फर्म हाउसमा बसेर प्रकृतिसँग निकै रम्न पाएको पनि अभिनेत्री ज्याकलिनले बताएकी छन् ।
प्रतिक्रिया दिनुहोस