aarthiknews.com आइतबार, ३० जेठ २०७८   Sunday, 13 June, 2021
 
nmb
Esewa_Remit

‘अख्तियारको क्षेत्राधिकारबाट निजी क्षेत्र हटाइँदै’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १७ असार २०७७
Nabil Bank
‘अख्तियारको क्षेत्राधिकारबाट निजी क्षेत्र हटाइँदै’
LBEF

अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निजी क्षेत्रको अनियमिततासमेत हेर्न दिने गरी प्रस्ताव भएको क्षेत्राधिकार हटाएर राष्ट्रिय सभामा विचाराधीन विधेयक पारित हुने भएको छ ।

आयोग ऐन संशोधन विधेयक र भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकका प्रतिवेदन परिमार्जन गरेर विधेयक पारित गर्न लागिएको हो । प्रस्तावित व्यवस्थाप्रति आलोचना भएपछि उक्त व्यवस्था हटाएर विधेयक पारितको प्रक्रिया अघि बढाउन सत्तारूढ दल तयार भएको थियो । सोहीअनुसार विधायन व्यवस्थापन समितिका तर्फबाट बनेको प्रतिवेदनको केही अंश परिमार्जन हुन लागेको हो । सचिवालय स्रोतका अनुसार असार १७ गते बस्ने बैठकले विधेयक पारित गर्नेछ । विधेयक पारितका क्रममा प्रतिवेदन संशोधनको व्यहोरा सरकारबाट सदनमा नै स्वीकार हुनेछ । स्वीकार भएको व्यवस्थाअनुसार विधेयक पारित हुनेछ । पब्लिक कम्पनी, बीमा, मेडिकल कलेज लगायतको अनियमितता अख्तियारलाई हेर्न दिने प्रस्तावित व्यवस्था हट्नेछ ।

सचिवालयको गृहकार्यअनुसार गैरसरकारी संस्थाको अनियमितता अख्तियारको क्षेत्राधिकारमा ल्याउनेबारे पनि संशोधन हुनेछ । अब सङ्घ, प्रदेश र स्थानीय तहबाट अनुदान प्राप्त कार्यक्रमको हदसम्म मात्र अख्तियारले गैरसरकारी संस्थाको अनियमिततामा प्रवेश गर्न पाउने गरी व्यवस्था हुँदैछ । यस्तै अख्तियार दुरुपयोग हुने कार्यमा ५० हजार रुपियाँसम्म जरिवाना गर्न सक्ने गरी अख्तियारलाई दिन लागिएको अधिकार पनि कटौती हुने भएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस