aarthiknews.com शुक्रबार, २६ असार २०७७   Friday, 10 July, 2020
 
Citizen life

मालपोतको राजस्व लेखापालको खातामा, कार्यालय प्रमुखको मिलेमतोमा करोडौंको भ्रष्टाचारमा

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • मंगलबार, १६ असार २०७७
Sunrise
HIb
मालपोतको राजस्व लेखापालको खातामा, कार्यालय प्रमुखको मिलेमतोमा करोडौंको भ्रष्टाचारमा
LBEF

बारा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय बारामा कार्यरत लेखापाल युगलकिशोर ठाकुरले राजस्वबाट उठेको रकम आफ्नो खातामा राखेको पाइएपछि भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

कार्यालय प्रमुखको मिलेमतोमा करोडौं रुपैयाँ भ्रष्टाचार भए पनि अख्तियारले भने लेखापालविरुद्ध मात्रै मुद्दा चलाएको छ । अख्तियारको अनुसन्धानमा मालपोत कार्यालयका लेखापाल ठाकुरले मालपोत कार्यालयमा उठेको राजस्व रकम कार्यालय प्रमुख मदनप्रसाद गुप्तासहितको संयुक्त व्यक्तिगत खातामा जम्मा गर्ने गरेको खुलेको हो ।

ठाकुरसँग तत्कालीन मालपोत कार्यालय सिमराका कार्यालय प्रमुख मदनप्रसाद गुप्ताको मिलेमतो रहेको पाइएको अख्तियारले दायर गरेको अभियोग पत्रमा उल्लेख छ ।

२०६८ सालमा कोष तथा लेखा नियन्त्रक कार्यालय बाराबाट नियुक्ति भएका उनले ९ वर्षमा ३ करोड १५ लाख ७५ हजार आर्जन गरेका छन् । यो सम्पत्तिमध्ये ३ करोड ४ लाख गैरकानुनी रूपमा आर्जन गरेको आयोगको अभियोगपत्रमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस