प्रतिशेयर आम्दानी तथा बजार मूल्यमा कुन बैंकको स्थिति कस्तो ? - Aarthiknews
aarthiknews.com शनिबार, २१ मंसिर २०७६   Saturday, 07 December, 2019
 
Bajaj_Bike
जसमध्येमा २७ वाणिज्य बैंकमा प्रतिशेयर आम्दानीको आधारमा सबैभन्दा अगाडि नबिल बैंक रहेको छ ।

प्रतिशेयर आम्दानी तथा बजार मूल्यमा कुन बैंकको स्थिति कस्तो ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०३ मंसिर २०७५
Sunrise bank
प्रतिशेयर आम्दानी तथा बजार मूल्यमा कुन बैंकको स्थिति कस्तो ?
LBEF
NCH-IPS

काठमाडौं, मंसिर ३ । २८ वटा वाणिज्य बैंकहरुको चालू आर्थिकको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गरिसकेका छन् । प्रतिशेयर आम्दानीबाट कम्पनीले एक कित्ता बराबर कति रुपैयाँ कमायो भन्ने देखाउँछ ।

जसमध्येमा २७ वाणिज्य बैंकमा प्रतिशेयर आम्दानीको आधारमा सबैभन्दा अगाडि नबिल बैंक रहेको छ । जसको प्रतिशेयर आम्दानी ५१ दशमलव ३६ रुपैयाँ रहेको छ । त्यस्तै दोस्रो स्थानमा एनसीसी बैंकको ४० दशमलव शून्य ५ रुपैयाँ र तेस्रो स्थानमा नेपाल बैंकको ३९ दशमलव ९२ रुपैयाँ रहेको छ । सबैभन्दा कम सिभिल बैंकको ५ दशमलव ९५ रुपैयाँ रहेको छ ।

मंसिर २ गतेको बजार मूल्यको आधारमा सबैभन्दा बढी शेयर मूल्य नबिल बैंकको रहेको छ । जसको शेयर मूल्य ९१७ रुपैयाँ रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिको तुलनामा २१ दशमलव ४९ प्रतिशतले घटेको हो । अघिल्लो वर्षको सोही अवधिमा बजार मूल्य १ हजार १ सय ६८ रुपैयाँ रहेको थियो ।

२ सय रुपैयाँभन्दा तल बजार मूल्य रहेको मेगा बैंक नेपाल, जनता बैंक, सेञ्चुरी बैंक र सिभिल बैंक रहेको छ । सबैभन्दा कम बजार मूल्य सिभिल बैंकको १ सय ६६ रुपैयाँ रहेको छ ।

गत वर्षको सोही अवधिको तुलनामा २ वटा कम्पनीको मूल्य बढेको छ । एनआईसी एसिया बैंकको १९ प्रतिशतले बढेको छ भने ग्लोबल आइएमई बंैकले स्थिर रहेको छ । अन्य बैंकहरुको बजार मूल्य भने घटेको छ ।

प्रतिक्रिया दिनुहोस