aarthiknews.com आइतबार, २८ असार २०७७   Sunday, 12 July, 2020
 
Citizen life

कस्तो छ तीन दिनको मौसम ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १६ असार २०७७
Sunrise
HIb
कस्तो छ तीन दिनको मौसम ?
LBEF

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशभर धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ। 

जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ का एकदुई स्थानहरूमा भने भारी वर्षाको सम्भावना छ। यी क्षेत्रहरू आसपासका नदीहरूमा पानीको बहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान हुनसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ । 

भोलि, १७ असारमा सबै प्रदेशहरूमा सामान्य बदली रही धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना रहेको छ।

त्यस्तै पर्सि  प्रदेश १,  गण्डकी प्रदेश र प्रदेश ५ का थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस