aarthiknews.com शुक्रबार, २६ असार २०७७   Friday, 10 July, 2020
 
Citizen life

पुनः थप गरियो बीमा शुल्क तिर्ने म्याद

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ असार २०७७
Sunrise
HIb
पुनः थप गरियो बीमा शुल्क तिर्ने म्याद
LBEF

काठमाडौं  । बीमा समितिले लकडाउनको अवधिमा तिर्न बाँकी रहेको जीवन बीमा शुल्क भुक्तानी गर्ने म्याद पुनः एक हप्ता थप गरेको छ । समितिले सोमवार पहिलाको म्याद सकिएको र कोरोनाको कहर पनि सामान्य नभएकाले पुनः म्याद थप गरेको बताएको हो ।  यसअघि समितिले असार १५ गते भित्र बाँकी बीमाशुल्क तिर्ने म्याद दिएको थियो । 

समितिका अनुसार बीमितहरुले आगामी असार २२ गतेसम्म बिना ब्याज बीमा शुल्क तिर्न सक्नेछन् । लकडाउनका कारण समितिले पटक–पटक परिपत्र जारी गर्दै बीमा शुल्कको म्याद थप गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस