aarthiknews.com शुक्रबार, २६ असार २०७७   Friday, 10 July, 2020
 
Citizen life

राष्ट्रिय वाणिज्य बैंकले केयर रेटिङ्समा पायो ए प्लस

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ असार २०७७
Sunrise
HIb
राष्ट्रिय वाणिज्य बैंकले केयर रेटिङ्समा पायो ए प्लस
LBEF

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले केयर रेटिङ्गस नेपालद्धारा गरिएको रेटिङ्गसमा ए प्लस रेटिङ्गस प्राप्त गरेको छ । केयर रेटिङ्गसमा ए प्लस रेटिङ्गसले बैंकको कर्जा जोखिम न्यून रहनुका साथै वित्तीय अवस्था मजबुत रहेको बुझिने बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए ।

राष्ट्रिय वाणिज्य बैंक गत आव २०७५/७६ मा सबैभन्दा बढी पाँच अर्ब चार करोड रुपियाँ नाफा कमाउन सफल भएको र आव २०७४/\०७५ मा बैंक वित्तीय संस्था तथा विप्रेषण कारोबार गर्ने संस्थामध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने बैंकको रुपमा रहेको छ ।

हाल बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २४० वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ।

प्रतिक्रिया दिनुहोस