aarthiknews.com शुक्रबार, २६ असार २०७७   Friday, 10 July, 2020
 
Citizen life

गैरकानुनी सम्पत्ति आर्जन गरेका बाराका लेखापाललाई ३ करोड भ्रष्टाचारको मुद्दा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ असार २०७७
Sunrise
HIb
गैरकानुनी सम्पत्ति आर्जन गरेका बाराका लेखापाललाई ३ करोड भ्रष्टाचारको मुद्दा
LBEF

काठमाडौं । मालपोत कार्यालय बाराका तत्कालीन लेखापाल युगल किशोर ठाकुरलाई भ्रष्टाचार गरेको अभियोगमा ३ करोड चार लाखको मुद्दा दायरा गरिएको छ । अख्तियार दूरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा आज मुद्दा दर्ता गरेको हो । 

आरोपित किशोरले सार्वजनिक पद धारण गरेदेखि २०७६ वैशाख मसान्त ३ लाख १५ हजार बराबरको सम्पत्ति सिर्जनामा खर्च लगानी गरेको देखिएको छ । सो सम्पत्तिमध्ये ३ करोड ४ लाखको कुनै पनि स्रोत नखुल्दा गैरकानुनी रुपमा आर्जन गरेको ठहर सहित ठाकुरलाई सोही रकम बराबरको बिगो असुल उपर गर्ने गरी आरोप पत्र दायरा गरिएको हो । 

ठाकुरलाई स्रोत नखुलेको २४ लाख ४२ हजार  र निज समेतको व्यक्तिगत संयुक्त नाममा  राष्ट्रिय वाणिज्य बैंक सिमरामामा रहेको २ करोड ७६ लाख ४४ हजार रुपैयाँ जफत गर्न माग दावी सहित मुद्दा दायरा गरिएको आयोगद्वारा जारी प्रेस विज्ञप्तीमा भनिएको छ । भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन ,२०४८को दफा २९(ख)बमोजिमा जफत दावी गर्न माग गरिएको हो । 

मालपोत कार्यालय सिमरा, बाराका तत्कालीन लेखापाल युगल किशोर ठाकुरउपर बिगो रु. ३,०४,९४,३०८।- कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको सम्बन्धी आरोप-पत्र दायर ।


 

प्रेस विज्ञप्ति :- मिति २०७७।०३।१५ गते ।
------------------------------------------------------
 
मालपोत कार्यालय बारामा कार्यरत लेखापाल युगल किशोर ठाकुरले गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्ने आयोगमा दर्ता हुन आएका उजुरीउपरको अनुसन्धानमा निज मिति २०६८।१०।०९ मा कोष तथा लेखा नियन्त्रक कार्यालय बाराबाट रा.प.अनं.द्धितिय श्रेणी सहलेखापालको पदमा नियुक्ति प्राप्त गरी सेवामा प्रवेश गरेकोमा निज मिति २०७२।०१।२२ मा लेखापालको पदमा बढुवा भई मालपोत कार्यालय सिमरामा कार्यरत रहँदा मालपोत कार्यालयमा उठेका राजस्व रकमहरु निजहरुको संयुक्त व्यक्तिगत खातामा जम्मा गर्ने गरेको र कार्यालयको खातामा दाखिला गरिनु पर्ने राजस्व रकमलाई समेत आफु अनुकूलका खर्च लगानीमा प्रयोजन तथा खर्च गर्न सक्ने गरी निजले र तत्कालिन मालपोत कार्यालय सिमराका कार्यालय प्रमुख मदन प्रसाद गुप्ताको संयुक्त नाममा राष्ट्रिय बाणिज्य बैंक सिमरामा खाता नं. १२३०००१९१८१० मिति २०७५।०५।०७ मा खोलिएको व्यक्तिगत खातामा जम्मा गरेको पाइयो । 

निज युगल किशोर ठाकुरले सार्वजनिक सेवामा प्रवेश पश्चातको अनुसन्धान जाँचअवधि २०७६ बैशाख मसान्तसम्ममा पारिश्रमिक वचत आय रु.१०,८०,७०८।– बाहेकका अन्य आयहरुको दाबी र दाबी पुष्टिका कागजातहरुसमेत निजले पेश गरी पुष्टि गर्न सकेको पाइएन भने सोही जाँचअवधिमा निज युगल किशोर ठाकुरले श्रीमती शोभा कुमारीको नाममा दर्ता कायम रहने गरी बारा जिल्ला बधवन गा.पा. ५ स्थित कि.नं. ६८ क्षे.फ. ०-७-१० विगहा जग्गा मिति २०७३।१।३० मा रु.३,००,०००।-  खरिद, निज युगल किशोर ठाकुर र मदन प्रसाद गुप्ताको संयुक्त नाममा राष्ट्रिय बाणिज्य बैंक सिमरामा संचालित खाता नं. १२३०००१९१८१० को व्यक्तिगत खातामा देखिएको मौज्दात रकम रु.२,७६,४४,००१।–, निज तथा निज युगल किशोर ठाकुरको नाममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा रहेभएका बैंक खाताहरुमा देखिएका मौज्दात रु.११,३९,०१५।- र मिति २०७५।१२।११ मा निजको घरकोठाबाट बरामद भएको नगद रु. २४,९२,०००।– समेत गरी अनुसन्धानमा लिइएको जाँचअवधिमा सम्पत्ति सिर्जना तथा लगानी एवं बैंक मौज्दातमा निजले रु.३,१५,७५,०१६।- (तीन करोड पन्ध्र लाख पचहत्तर हजार सोह्र रुपैयाँ) खर्च तथा लगानी गरेको पाइएको छ।

निज युगल किशोर ठाकुरले सार्वजनिक सेवाको पदमा प्रवेश देखि २०७६ वैशाख मसान्तसम्मको जाँच अवधिमा निजले रु.३,१५,७५,०१६।– बराबरको सम्पति सिर्जनामा खर्च लगानी गरेको देखिंदा आयभन्दा बढी गरेको खर्च लगानीको स्रोत खुल्न नआई रु. ३,०४,९४,३०८।-  बराबरको सम्पत्ति गैरकानूनी रुपमा आर्जन गरेको देखिंदा निज युगल किशोर ठाकुरलाई बिगो रु. ३,०४,९४,३०८।- (तीन करोड चार लाख चौरानब्बे हजार तीन सय आठ रुपैयाँ) कायम गरि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) कसुरमा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम सजाय गरी गैरकानूनी रुपमा आर्जन गरेको स्रोत नखुलेको साथबाट बरामद नगद रु.२४,९२,०००।– र निज समेतको व्यक्तिगत संयुक्त नाममा राष्ट्रिय बाणिज्य बैंक सिमरामा संचालित खाता नं. १२३०००१९१८१० मा देखिएको मौज्दात रकम रु.२,७६,४४,००१।–समेत भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. बमोजिम जफत गर्न मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस