aarthiknews.com आइतबार, २८ असार २०७७   Sunday, 12 July, 2020
 
Citizen life

नेपाल बङ्गलादेश बैंकको ९६ औं शाखा काँडाघारीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ असार २०७७
Sunrise
HIb
नेपाल बङ्गलादेश बैंकको ९६ औं शाखा काँडाघारीमा
LBEF

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले शाखा बिस्तारको क्रममा आफ्नो ९६औं शाखा काठमाडौं जिल्लाको काँडाघारीमा संचालनमा ल्याएको छ । यस बैंकले २०७७, आषाढ १५ गतेबाट काठमाडौं जिल्लाको काँडाघारीमा शाखा उद्घाटन गरि औपचारिक कारोबार शुभारम्भ गरेको हो । उक्त शाखाको औपचारिक समुद्घाटन बैँकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले गरेका थिए । 

बैँकले सो क्षेत्रका सर्वसाधारणलाई सहज बैँकिङ सेवा सुविधा प्रदान गर्ने उदेश्यले आफ्नो शाखा संजालमा नयाँ शाखा विस्तार गरेको हो । साथै सो शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पुर्ण बैँकिङ सेवा प्राप्त गर्न सक्नेछन । काँडाघारी शाखा सहित बैंकले ९६ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८० वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको कुरा पनि जानकारी गराएको छ । 

प्रतिक्रिया दिनुहोस