aarthiknews.com शुक्रबार, २६ असार २०७७   Friday, 10 July, 2020
 
Citizen life

लकडाउनपछि खुलेकाे शेयर बजारमा १२ अंकको गिरावट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ असार २०७७
Sunrise
HIb
लकडाउनपछि खुलेकाे शेयर बजारमा १२ अंकको गिरावट
LBEF

काठमाडौं । लकडाउनका कारण लामो समय पछि खुलेको धितोपत्र कारोबार गर्ने नेपाल स्टक एक्चेञ्ज (नेप्से परिसूचक) पहिलो दिन नै १२ दशमलव ८७ अंकले गिरावट आई नेप्से परिसूचक १ हजार १८८ दशमलव ७० बिन्दुमा अडिएको छ । यो १ दशमलव ०७ प्रतिशतको गिरावट हो । 

यसैगरी, क वर्गको कम्पनीहरुको मापन गर्ने सूचकमा ४ दशमलव ०३ अंकले गिरावट आई २५६ दशमलव २९ अंकमा थामिएको छ । यो १ दशमलव ५५ प्रतिशतको गिरावट हो ।

त्यस्तै, कारोबारको पहिलो दिन सोमबार नेप्से मा १३० कम्पनीहरुको कारोबार भएको छ । जम्मा ९ लाख ७० हजार ७६ कित्ता शेयर ४ हजार ८ सय ६२ पटक कारोबार हुँदा ३४ करोड ७७ लाख ७१ हजार ८ सय ३३ रुपैयाँको कारोबार भएको छ ।

आज, नाफा कमाउनेमा सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट, हिमालय डिष्ट्रलरी लिमिटेड, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडका साथै उक्त बैंककै प्रोमोटर शेयर र सिभम् सिमेन्टस लिमिटेड लगाएतका कम्पनीका शेयरधनीहरु रहेका छन् । भने, स्वावलम्बन लघुबित्त बित्तिय संस्था लिमिटेड, नेपाल रि–इन्स्योरेन्स कम्पनी लिमिटेड, आशा लघुवित्त लघुबित्तिय संस्था, इन्फिनिटी लघुबित्त लगाएतका लगानीकर्ताहरुले गुमाउनु परेको छ ।

८ समूहको सूचक ओरालो लागेको छ । सोमबार जीवन बीमा समूहको सूचक सबैभन्दा धेरै २३७।७२ अंकले बढेको छ । निर्जीवन बीमा समूहको सूचक १०१।४६ अंकले घटेको हो । बैंकिङ २५ अंकले घटेको छ ।

होटल साढे २६, विकास बैंक ६३, जलविद्युत १३ अंकले घटेको छ । निर्जीवन बीमा कम्पनी पनि १०१ अंकले घटेको छ ।

कोरोना महामारी विश्वभर फैलने क्रममा नियन्त्रण र रोकथामको लागि नेपालमा पनि विगत चैत ११ गतेदेखि शुरु भएको लकडाउनसँगै बन्द भएको धितोपत्र बजार (शेयर बजार) नेप्से लकडाउनकैबीच दुई दिन कारोबार भएको थियो । 

नेपालमा कोरोना संक्रमितको संख्यामा दिनानु बढ्दै गएपनि सरकारले अर्थतन्त्रलाई सुचारु राख्ने निर्णयसँगै लकडाउनलाई खुकुलो बनाउँदै लाने निर्णय लिएसँगै आजदेखि धितोपत्र बजार पुनः सूचारु गर्ने निर्णय आइतबार धितोपत्र नियामक निकायले गरेको हो ।  

सोमबार सेयर कारोबार खुलेको २० मिनेट मै बजार ४ प्रतिशतले घटेपछि बजार स्थगित गर्नु परेको थियो । कारोबार घटेपछि २० मिनेटका लागि स्थगित गरिएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जनाएको छ । 

बजार बन्द हुँदाको अवस्था सम्ममा भने बजारले लय लिन खोजेको थियो । 

प्रतिक्रिया दिनुहोस