aarthiknews.com शुक्रबार, २६ असार २०७७   Friday, 10 July, 2020
 
Citizen life

चीनमा पुनः काेराेना सङ्क्रमण बढेपछि चार लाख मानिस लकडाउनमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ असार २०७७
Sunrise
HIb
चीनमा पुनः काेराेना सङ्क्रमण बढेपछि चार लाख मानिस लकडाउनमा
LBEF

एजेन्सी । चीनले राजधानी बेइजिङनजिकै कोरोनाभाइरस सङ्क्रमण बढेपछि चार लाख मानिस प्रभावित हुनेगरी कडा लकडाउन गरेको छ । यो प्रतिबन्ध खबे प्रान्तको आक्सिन क्षेत्रमा गरिएको हो ।

गत वर्षको अन्त्यमा सुरु भएको कोरोनाभाइरसको महामारी संसारभरि फैलिए पनि चीनमा सङ्क्रमण कम राख्न त्यहाँको प्रशासन सफल भएको छ ।

दोस्रो लहर फैलिन नदिन त्यहाँका स्वास्थ्य अधिकारीहरू थोरै सङ्क्रमणलाई पनि गम्भीरतापूर्वक लिइरहेका छन् । आइतवार आक्सिन क्षेत्र पूर्ण रूपमा नियन्त्रणमा रखिने बताएका थिए । अत्यावश्यक सेवाका कर्मचारीहरू मात्रै घरबाट निस्किन पाउँछन् भने एउटा घरबाट एक जनामात्रै दिनमा एक पटक अत्यावश्यक किनमेल गर्न बाहिर जान पाउँछन् ।

कुनै पनि घर वा समुदाय वा गाउँमा बाहिरको मान्छेको प्रवेश निषेध गरिएको छ र त्यो नियम पालना नगर्नेलाई प्रहरीले कारबाही गर्ने बताइएको छ ।

आक्सिन बेइजिङबाट १५० किलोमिटर दक्षिणमा रहेको छ । चिनियाँ सञ्चारमाध्यमका अनुसार त्यहाँ गएको दुई हप्तामा १८ जनामा सङ्क्रमण फेला परेको थियो ।

आक्सिनमा चीनका ठूला सहरी क्षेत्रमा जस्तो जनघनत्व उच्च नभएकोले त्यहाँको सङ्क्रमण नफैलिने कुरामा अधिकारीहरू सकारात्मक रहेको बताइएको छ ।

बेइजिङको अवस्था कस्ताे छ ?
चीनमा हालैका दिनहरूमा नयाँ सङ्क्रमणको सङ्ख्या निकै कम छ ।
गएको २४ घण्टामा बेइजिङमा १४ नयाँ सङ्क्रमण भएको थियो । जुनको मध्यदेखि यता त्यहाँको कुल सङ्क्रमित सङ्ख्या ३११ छ ।

बेइजिङमा गएको जुनको मध्यतिर सङ्क्रमण देखिएपछि चीनले तुरुन्तै केही क्षेत्रलाई लकडाउन गर्दै व्यापक रूपमा परीक्षण गरेको थियो ।

त्यसअघि त्यहाँ ५७ दिनसम्म नयाँ सङ्क्रमण देखिएको थिएन ।

चीनमा हालसम्म सङ्क्रमित कुल सङ्ख्या लगभग ८५ हजार छ ।


 

प्रतिक्रिया दिनुहोस