aarthiknews.com आइतबार, २८ असार २०७७   Sunday, 12 July, 2020
 
Citizen life
सेयर कारोबार

२० मिनेट मै ४ प्रतिशतले बजार घटेपछि स्थगित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ असार २०७७
Sunrise
HIb
२० मिनेट मै  ४ प्रतिशतले बजार घटेपछि स्थगित
LBEF

काठमाडौं । सेयर कारोबार खुलेको २० मिनेट मै बजार ४ प्रतिशतले घटेपछि बजार स्थगित भएको छ । कारोबार घटेपछि २० मिनेटका लागि स्थगित गरिएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जनाएको छ । 

अहिलेसम्म सेयर बजार ४८ अंकले घटैर ११५३ अंकमा ओर्लिएको छ । कुल ८ करोड ४२ लाख रुपैयाँको सेयर कारोबार भइसकेको छ । लकडाउन अवधिभर जम्मा दुई दिन सञ्चालन भएर बन्द भएको सेयर बजार चौतर्फी दवाबपछि सोमबारबाट खुलेको हो ।  १२०० अंकमा बन्द भएको बजार ११९७ अंकबाट खुलेको हो ।

सबै उपसूचकहरु रातो भएका छन् । बजार घट्दा पनि गुडविल फाइनान्स, हिमाल दोलखा हाइड्रो, नेपाल इन्भेष्टमेन्ट साधारण र संस्थापक र नेपाल टेलिकमको सेयर मूल्य बढेको छ।

प्रतिक्रिया दिनुहोस