aarthiknews.com आइतबार, २८ असार २०७७   Sunday, 12 July, 2020
 
Citizen life

कामना सेवाको अनलाईन कर्जा आवेदन सेवा सञ्चालन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ असार २०७७
Sunrise
HIb
कामना सेवाको अनलाईन कर्जा आवेदन सेवा सञ्चालन
LBEF

काठमाडौं । कामना सेवा विकास बैंकले अनलाईन कर्जा आवेदन सेवा सञ्चालनमा ल्याएको छ । बैंकले प्रगतिको आधार कामना सेवा सँग कारोबार” भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैैकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । 

कामना सेवा विकास बैंकले कोरोना महामारीको बेला ग्राहकहरुको सेवा र सुरक्षलाई ध्यानमा राख्दै आइतबारदेखि लागू हुनेगरी बैंकको वेबसाइट मार्फत अनलाईन कर्जा योग्यता मापन÷ आवेदन  गर्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ । 

अब ग्राहक माहानुभावहरुले  घरैमा बसेर कामना सेवा विकास बैंकको  जुनसुकै शाखा कार्यलयमा शेयर कर्जा, प्रोफेश्नल लोन, घर कर्जा, सवारी कर्जा, व्यापारिक कर्जा लागि आवेदन दिन सक्ने बताइएको छ । 
काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको यस बैंकले देशका विभिन्न भागहरुमा १२३ वटा शाखा तथा ६४ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस