aarthiknews.com आइतबार, २८ असार २०७७   Sunday, 12 July, 2020
 
Citizen life

राष्ट्रिय धान दिवसको अवसरमा खाद्य सुरक्षाको चिन्ता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १४ असार २०७७
Sunrise
HIb
राष्ट्रिय धान दिवसको अवसरमा खाद्य सुरक्षाको चिन्ता
LBEF

काठमाडौं । राष्ट्रिय धान दिवस अर्थात मानो रोपेर मुरी फलाउन मिहेनत गर्ने असारको मध्यमा चाडको रुपमा परम्परादेखि मनाईंदै आएको छ । खाद्य वस्तु आयात गर्नुपर्ने र सबैका लागि खाद्य पु¥याउन गम्भीर समस्या भएको वर्तमान अवस्थामा राष्ट्रिय धान दिवसको महत्व झन बढेको छ ।

धान दिवसका अवसरमा  कृषिका लागि नविकरणीय उर्जा प्रविधिलाई केन्द्रमा राखेर नेपाल नविकरणीय उर्जा परिसंघले आयोजना गरेको वेविनारमा बोल्ने वक्ताहरुले खाद्य सुरक्षाको चिन्ता गरेका छन । वेबिनारका प्रमुख वक्ता पूर्व मन्त्री श्री जनार्दन शर्माले खाद्य संकटलाई समाधान गर्न आयात गर्नुभन्दा पनि स्वदेशमा नै खाद्यान्न उत्पादन गर्नका लागि उपयुक्त प्रविधिहरु प्रयोग ल्याउनुपर्नेमा जोड दिएका छन् । 

खोला नालामा बगिरहेको पानीबाट त्यसभन्दा माथि रहेका खेतहरु सिँचाइ गर्नसकेमा खाद्यान्न उत्पादन वृद्धि हुने र रोजगारीको अवसर वृद्धि हुने अवस्थाले सामाजिक आर्थिक विकासमा सहयोग पुग्ने विचार व्यक्त गरेका छन । कोरोना भाइरसले उत्पन्न विश्वव्यापी आर्थिक संकटका कारण रोजगारी गुमाएर स्वदेश फर्कने जनशक्तिलाई व्यवस्थापन गर्न पनि कृषि व्यवसायमा अवसर सिर्जना गर्नुपर्ने धारणा राखे ।
त्यसैगरी पूर्व मन्त्री गणेश शाहले कृषि व्यवसायलाई सम्मानित तुल्याउन कृषकलाई आवश्यक सहयोग गर्नुपर्ने विचार व्यक्त गरेका थिए । गुणस्तरीय बिऊ, मल जस्ता सामग्रीका क्षमता अभिवृद्धिका लागि तालिम, अध्ययन–अनुसन्धान, सहज र सुलभ कर्जा उपलव्ध आदीको उचित व्यवस्थापन गरिनुपर्नेमा पनि जोडदिएका थिए ।

वरिष्ठ प्राज्ञिक व्यक्तित्व तथा नविकरणीय उर्जा विद प्रा. डा. जगन्नाथ श्रेष्ठले मूल विषयमाथि प्रस्तुतिकरण गर्दै खाद्य सुरक्षाको अवधारणालाई सफल तुल्याउन नविकरणीय उर्जा प्रविधिहरुको समुचित प्रयोग गर्नुपर्नेमा जोड दिएका थिए । तराई, पहाड र उच्च पहाडी क्षेत्रमा समग्रमा १० लाख हेक्टर कृषि योग्य जमिन सिँचाइको सुविधा नभएकोले बाँझो रहने गरेको तथ्यांक उल्लेख गर्दै सौर्य विद्युत पम्पिंग प्रणालीहरु जडान गर्नसकेमा उल्लेखनीय रुपमा खाद्यान्न उत्पादन वृद्धि गर्न पर्नेमा जोड दिए । 

 सरकारले आगामी आर्थिक वर्षको बजेटमा सोको लागि पहिलेभन्दा बढी थप रकम छुट्याएको भएतापनि आवश्यकता र सम्भावनाको दृष्टिकोणले लगानीका लागि विशेष व्यवस्था हुनुपर्ने धारणा व्यक्त गरे । त्यसैगरी कृषि उत्पादन सुकाउन, चिस्याउन, प्रशोधन गर्न नविकरणीय उर्जा प्रविधिका विभिन्न उपयुक्त प्रविधि प्रयोग गर्दा किसानलाई फाइदा हुने विचार राखेका थिए । 

सोही अवसरमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुदन अधिकारीले सरकारका नीति र कार्यक्रममा आधारित रहेर केन्द्रले नविकरणीय उर्जा प्रविधि प्रवद्र्धन, विकासका लागि उपभोक्ता, समुदाय, उद्यमी र निजी क्षेत्रलाई प्राविधिक र आर्थिक सहयोग गर्दै आएको उल्लेख गरे । आगामी आर्थिक वर्षमा केन्द्रले सिँचाइ सुविधा विस्तार गर्नका लागि उचित व्यवस्था गर्न सुझाव दिए । सौर्य विद्युत पम्पिंग प्रणालीको जडान गरी सिँचाइ सुविधा बढाउन सकिने पनि उनले उल्लेख गरे ।

कृषि विज्ञ मदन राईले कृषि व्यवसायले सबैको कल्याण गर्दै आएको छ भन्दै कृषिमा आश्रितहरुका लागि मनोवल वृद्धि हुने खालका वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए । सौर्य विद्युत प्रणाली विज्ञ तथा व्यवसायी नबिन भुजेलले निजी क्षेत्रले सेवा तथा सामग्री आपूर्ति, जडान र मर्मत सम्भार गर्दै नविकरणीय उर्जा प्रविध क्षेत्रमा योगदान गर्दै आएको चर्चा गरेका थिए । बढदो आवश्यकतालाई गुणस्तरीय सेवा र सामग्री आपूर्तिका लागि निजी क्षेत्रलाई कार्य सहजता, सहज र सुलभ कर्जा, सीघ्र भुक्तानीका लागि द्रुत प्रक्रिया, क्षमता अभिवृद्धि जस्ता पक्षहरुलाई ध्यानमा राखेर कार्य सम्पादन गर्नसके निजी क्षेत्रको भूमिका अझ सशक्त र योगदानमूलक हुने विश्वास व्यक्त गरे ।

छलफलको क्रममा कृषि व्यवसायी नविकरणीय ऊर्जा विद  बाबुराजा श्रेष्ठले खाद्य सुरक्षाका लागि गुणस्तरीय खाद्य पदार्थ उत्पादन बढाउन विज्ञहरु, व्यवसायीहरु र सरकारी निकायहरु सैद्धान्तिकभन्दा बढी व्यावहारिक हुनुपर्नेमा जोड दिए ।   

डा. इन्दिरा शाक्यले कृषि व्यवस्याय सुदृढ गर्नका लागि नविकरणीय उर्जा प्रविधिहरु परिचालन गर्ने क्रममा लैंगिक दृष्टिकोणले महिलाहरुको भूमिकालाई उचित मूल्यांकन गरिनुपर्ने र समान अवसर दिनुपर्ने विचार व्यक्त गरेका थिए । त्यसैगरी गरीब, अपांग र सीमान्कृत समुदायलाई सहयोग र अवसर दिएर सबैलाई फाइदा हुने तरिकाले नीति निर्माण र कार्यक्रम कार्यान्वयन हुनुपर्नेमा जोड दिए । 

वेबिनारमा परिसंघका उपाध्यक्ष उत्तम सिटौलाले नविकरणीय उर्जा प्रविधि अधिकतम उपयोग गरी मुलुकको सामाजिक आर्थिक रुपान्तरण गर्न सकिनेमा विश्वास लिएको बताए ।  नीति निर्माताहरु, योजनाकारहरु, सरकारका सम्बद्ध निकायहरु, विकास साझेदारहरु, निजी क्षेत्र, शैक्षिक क्षेत्र, प्रविधिक समुदाय र सञ्चारकर्मीका साथ सहकार्य गर्दै आएको उनले जानकारी दिए ।  कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, सञ्चार, यातायातका लागि नविकरणीय उर्जा प्रविधिको उपयोग उपयुक्त हुने सन्दर्भमा परिसंघले आवाज उठाउँदै आएको बताए ।

परिसंघले अध्ययन अनुसन्धान, क्षमता अभिवृद्धि, लगानी, अनुदान, सहयोग र प्राविधि सहयोग उचित मात्रामा वितरण गरेर खाद्य सुरक्षा, उर्जा सुरक्षा, धुँवा रहित भान्छाका विषयमा काम गर्दै आएको छ ।   
सामान्यतः खाद्य सुरक्षाले कृषि, बागवानी, पशुपालन, मस्त्यपालन, वन र जडिबुटी विकास, प्रवद्र्धन र उचित उपयोगलाई समेटेको हुन्छ । सम्बन्धित सबै विषयमा एकै सेसनमा छलफल गर्न उपयुक्त नहुने हुनाले सौर्य विद्युत पम्पिंगलाई यस कार्यक्रको लागि मुख्य विषयको रुपमा लिइएको संघले बताएको छ । 

कार्यक्रमको अन्तमा परिसंघका अध्यक्ष गुणराज ढकालले वेबिनार, सभा सम्मेलन र छलफल कार्यक्रमहरुबाट प्राप्त सुझाव, आवश्यकता र औचित्यमा आधारित सिफारिसहरु सम्बन्धित निकायहरुले नीति निर्माण तहसम्म पुर्याउदै आएको बताए । तर्जुमा र सक्षम र सफल कार्यान्वयनका लागि सहयोग पुग्ने गरी प्रतिवेदनको रुपमा तयार गरी प्रस्तुत गर्दै सहयोग गर्दै आएको उनले बताए । 

खाद्यान्न उत्पादन बढाई सबैका लागि खाद्य सामग्री पु¥याउन नविकरणीय उर्जा प्रविधिको उपायेग गर्नुपर्ने र सोको लागि निजी क्षेत्रलाई प्रोत्साहन दिइ सहयोग गर्न गराउन परिसंघले पहल गर्दै आएको उनले बताए । 

प्रतिक्रिया दिनुहोस