aarthiknews.com आइतबार, २८ असार २०७७   Sunday, 12 July, 2020
 
Citizen life

अब सफा नोटको प्याकेटमा हरियो, सेतो र रातो स्लिप

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १४ असार २०७७
Sunrise
HIb
अब सफा नोटको प्याकेटमा हरियो, सेतो र रातो स्लिप
LBEF

काठमाडौं । नेपाल राष्ट्र बैंकले सफा नोटको प्रयोगलाई बढवा दिन नोटको प्याकेटमा हरियो,  सेतो र रातो स्लिप लगाउने भएको छ । बैंकले एटीएममा राख्न मिल्ने नोटको प्याकेटमा हरियो स्लिप र काउण्टरबाट भुक्तान गरी चलनचल्तीमा पठाउन मिल्ने नोटको प्याकेटमा सेतो र चलनचल्तीमा पठाउन अयोग्य नोटको प्याकेटमा रातो रंगको स्लिप लगाउने नयाँ व्यवस्था राष्ट्र बैंकले गरेको हो । अहिले सबै प्रकारका नोटमा सेतो स्लिप लगाइने प्रचलन गरेको छ । 

राष्ट्र बैंकले बजारमा नोट पठाउँदा नोटको प्याकेटमा स्टिच गर्नु हुँदैन। यसको अलवा नोटलाई बलियो गरि प्याकेटिङ गर्न आवश्यकता अनुसार रबर/प्लाष्टिक/पेपर बैण्ड प्रयोग गर्न सकिने विकल्प राष्ट्र बैंकले दिएको छ । साथै, नोटमा लेख्न, केरमेर गर्न नपाउँने व्यवस्था गर्दै नोटको हिफाजन गर्न राष्ट्र बैंकले निर्देशन गरेको छ ।

राष्ट्र बैंक झुत्रिएको, मक्किएको, जलेको, गलेको, लुलो भएको, किराले खाएको, पानीले भिजेको , छपाइ बिग्रेको नोटलाई बजारमा चलनचल्तीका लागि नपठाउने बताएको छ । बैंकले बजारमा पुनः पठाउन मिल्ने नमिल्ने नोटको वर्गीकरण गरी अक्षर, अंक, चित्र तथा सुरक्षण विशेषताहरू नबुझिने वा बिग्रने गरी लेखिएको/मेटिएको/च्यातिएको वा पूर्वराजाको तस्वीर अंकित नोटलाई चलनचल्तीमा नपठाउने भएको हो ।

राष्ट्र बैंकले सफा नोट नीति २०७३ लाई संशोधन गर्दै सर्वसाधारणमा सफा नोटको प्रयोगलाई प्रोत्साहित गर्न यो व्यवस्था लागू गरेको राष्ट्र बैंकका प्रवक्ता गूणाकर भट्टले बताए । कोभिडका कारण नयाँ नोट छपाइ तथा ढुवानीमा भएको असहजतालाई दृष्टिगत गरी प्रयोगमा ल्याउन सकिने अवस्थामा रहेका ठूला संख्याका नोटलाई जलान नगरी पुनः प्रयोगमा लैजाने उद्देश्य सहित यो व्यवस्था लागू गरिएको हो ।  


 

प्रतिक्रिया दिनुहोस