aarthiknews.com शुक्रबार, २६ असार २०७७   Friday, 10 July, 2020
 
Citizen life
आयात घट्यो

जेठमा ७५ अर्ब ६८ करोड रुपैयाँको वस्तु नेपाल भित्रियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १४ असार २०७७
Sunrise
HIb
जेठमा ७५ अर्ब ६८ करोड रुपैयाँको वस्तु नेपाल भित्रियो
LBEF

काठमाडौं । चालु आर्थिक वर्षको जेठमा कुल ७५ अर्ब ६८ करोड रुपैयाँको मालवस्तु नेपाल भित्रिएको छ । जेठसम्म ११ खर्ब रुपैयाँको मालवस्तु आयात भएको छ । गत आवको सो अवधिमा १२ खर्ब ९९ अर्बको मालवस्तु आयात भएको थियो । यसवर्ष कोभिडका कारण १५.३१ प्रतिशतले आयात घटेको हो । वैशाखसम्म १० अर्ब २५ अर्ब १३ करोडको वस्तु आयात भएको थियो । 

जेठमा ५ अर्ब ९३ करोड रुपैयाँको निर्यात भएको छ ।  सो अवधिमा निर्यातमा भने झिनो सुधार भएर ८८ अर्ब पुगेको छ । गत आवमा ८७ अर्ब ८३ करोड मूल्य बराबरको वस्तु नेपालबाट बाहिरिएको हो ।

यो अवधिमा कुल वैदेशिक व्यापार १४.३३ प्रतिशतले घटेर ११ खर्ब ८८ अर्ब ८१ करोडमा सीमित भएको हो । गत आवको यो अवधिमा १२ खर्ब ११ अर्ब ९६ करोड कुल वैदेशिक व्यापार भएको थियो । आयातमा भएको कमीसँग जेठसम्म १६.४३ प्रतिशतले ब्यापार घाटा घटेको छ । वैदेशिक व्यापारमा ९२.६० प्रतिशत आयातको अंश छ भने ७.४० प्रतिशत निर्यातको हिस्सा रहेको तथ्यांक भन्सार विभागले सार्वजनिक गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस