aarthiknews.com शुक्रबार, २६ असार २०७७   Friday, 10 July, 2020
 
Citizen life
मौद्रिक नीति

‘यो वर्ष बैंकको नाफा राम्रै हुन्छ’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १२ असार २०७७
Sunrise
HIb
‘यो वर्ष बैंकको नाफा राम्रै हुन्छ’
LBEF

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि ७ प्रतिशतको आर्थिक वृद्धि रोखेको छ । जुन उच्च वृद्धिदर हो । लक्षित आर्थिक वृद्धिदर हासिल गर्न त्यहि अनुसारको लगानी गर्नुपर्छ । यसको लागि तरलता पहिलो शर्त हो । लगानी गर्न विजनेश म्यानसँग कन्फिडेन्स छैन । यस्तो अवस्थामा कि त सरकारले लगानी गर्नुपर्छ । सरकारसँग छैन भने कि त ऋण लिनु पर्यो कि त अनुदान पाउनु पर्यो । 

लगानी गरेपनि आजको भोलि नै त्यसबाट प्रतिफल आउँछ भन्ने हुँदैन । आज कुनै प्रोजेक्ट शुरु गरियो भने त्यो सम्पन्न हुन कम्तीमा पनि एक डेढ वर्ष लाग्छ ।  यद्यपि लगानी गर्न सकियो भने त्यो पैसा पुनः बैंकमा नै जाने हो । लगानी भयो भने पैसा त बजारमा नै घुम्ने (रिभोल्बिङ)े हो नि । यहि पैसाबाट अन्य परियोजनालाई पुनः कर्जा दिन सकिन्छ । यसबाट मल्टिपल फाइदा हुन्छ । 
अहिले मौद्रिक नीतिले कसरी उद्योग व्यवसायलाई गतिशिल बनाउने हो, त्यसैमा केन्द्रीत हुनुपर्छ । भएका उद्योग व्यवसायलाई विश्वास दिलाएर बचाएर राख्नु पर्ने समय हो यो । 

प्रि–कोभिडसम्म बैंकको लोन राम्रोसँग तिरेको छ भने पोष्ट कोभिडमा उहाँहरूलाई बचाउनु हाम्रो उत्तरदायित्व पनि हो । राम्रो बेलामा हाई भन्ने र नराम्रो समयमा गुड वाइ गर्न मिल्दैन । 

कर्जाको पुनः संरचना गरेर अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रुपमा वर्गीकरण गर्नुपर्छ । कस्ता उद्योगलाई कुन समयसम्म रिभाइभ हुन सक्छन् भनेर स्याडुलिङ गर्नुपर्छ । ६ महिना, १ वर्षभित्र, डेढ वर्ष, २ वर्ष, ३ वर्ष तथा ५ वर्षमा  रिभाइभ हुन सक्ने उद्योगको वर्गीकरण गर्नुपर्छ । तर, उत्पादनमूलक उद्योगहरू रिभाइभ हुन समय लाग्दैन । केही व्यवसाय ४÷५ महिनामै रिभाइभ हुन सक्छ । 

हस्पिटालिटी, ट्राभल्स क्षेत्र रिभाइभ हुन समय लाग्छ । त्यस्तै एसएमईहरू रिभाइभ हुन पनि समय लाग्छ । चार÷पाँच करोडको विजनेश रहेछ भने २ करोडमात्रै लस भयो भने पनि यस्ता उद्योग तत्कालै माथि उठन सक्दैन । अहिले सबैभन्दा बढी लगानी कुन क्षेत्रमा भएको छ भनेर हेर्नुपर्छ । सिमेन्टमा भएको छ । डण्डीमा भएको छ । जसको कारणले सिमेन्ट सस्तो पनि भएको छ नि ।

तर, साइट वाइ साइट हेर्दा केही कमोडिटी बजारको मूल्य पनि घटेको छ । कच्चा पदार्थको मूल्य कम भएका वस्तुको कष्ट अफ प्रडक्टशन घट्दै पनि गएको छ ।  यसले उत्पादित मालवस्तु सस्तो बनाउँछ । कतिपय कच्चा पदार्थको मूल्य अत्यन्त कम भएको छ । जस्तै पट्रोलिम पदार्थको मूल्य ।

आगामी मौद्रिक नीतिका लागि बैकर्स एसोसिएशनले अत्यन्त राम्रो सुझाव दिएको छ । बिजनेश म्यानले खाली सहुलियतमात्र खोज्नु हुँदैन । यसको रिलिफ आम उपभोक्तासम्म पुग्नु पर्छ । समग्र अर्थतन्त्रलाई नै कम लागतमा सञ्चालन गर्ने गरी अघि बढ्नु पर्छ । आखिर लगानी भनेको त विजनेश क्षेत्रको नै हो । सरकारले पूर्वाधार निर्माणलगायतका क्षेत्रमामात्र खर्च गर्छ ।  

राष्ट्र बैंकले दुई प्रतिशत ब्याज छुट दिन म्यान्डेड नै गरेको छ । सोही अनुरुप हामीले छुट पनि दिएका छौं । यो राम्रो पनि हुन सक्छ, नराम्रो पनि हुन सक्छ, त्यो मलाई थाहा छैन । यसलाई सन्तुलनमा ल्याउन अझै हामीलाई ६÷७  महिना लाग्छ ।  यसको असर आगामी वर्षसम्म पनि पर्न सक्छ । 

कर्जाको वर्गीकरण गरेर बढी असर परेकालाई बढी र कम असर परेकालाई कम छुट र असरै नपरेका छुट दिन आवश्यक पनि थिएन । यहाँ त सबैलाई एकमुष्ठ छुट दिइयो । असर हेरेर ब्याज छुट दिँदा तीन, दुई र एक प्रतिशत भनेर तोक्न सकिन्थ्यो । यसले गर्दा अब बैंकहरूको मार्जिन ह्वात्तै घट्छ । 

बैंक तथा वित्तीय संस्था परिसंघ र बैकर्स एसोसिएशनले पनि छुट दिनु पर्छ नै भनेको थियो । यस्तो अवस्थामा घटाउनु पर्छ भनेका थियौं । यसको इनिसेशन हामीले पाउनु पर्छ । विस्तारै बचतको ब्याज पनि घटाउँदै सन्तुलन गर्दै अघि बढ्ने हाम्रो योजना थियो  । 
असर हेरेर अहिले एक प्रतिशत छुट दिने र पछि फेरि आवश्यक भएपछि थप एक प्रतिशत छुट दिने भनेका थियौं । हामीले दुई प्रतिशत छुट दिने सोच बनाए पनि अहिले नै एक्कै पटक त्यो छुट नदिने व्यवस्था गरियो । 

बैंक तथा वित्तीय संस्था परिसंघ र बैकर्स एसोसिएशनले पनि छुट दिनु पर्छ नै भनेको थियो । यस्तो अवस्थामा घटाउनु पर्छ भनेका थियौं । यसको इनिसेशन हामीले पाउनु पर्छ । विस्तारै बचतको ब्याज पनि घटाउँदै सन्तुलन गर्दै अघि बढ्ने हाम्रो योजना थियो  । 
असर हेरेर अहिले एक प्रतिशत छुट दिने र पछि फेरि आवश्यक भएपछि थप एक प्रतिशत छुट दिने भनेका थियौं । हामीले दुई प्रतिशत छुट दिने सोच बनाए पनि अहिले नै एक्कै पटक त्यो छुट नदिने व्यवस्था गरियो । 

बैंकहरूको प्रतिस्पर्धाले गर्दा बैंकको निक्षेपमा अत्यन्त बढी ब्याज भयो । यसमा पनि ब्यालेन्स आउनु पर्छ । ७/८ प्रतिशतसम्म ब्याज बचत खातामा अफर गरियो । त्यति बेलै सोच्नु पर्ने हो । बाह्य मुलुकमा बचतमा आधा प्रतिशत पनि ब्याज हुँदैन । 

नेपाल जस्तो देशमा ६÷७ प्रतिशतको मूल्य वृद्धि छ भने बचतको ब्याज ३ देखि ४ को बीचमा हुनुपर्ने हो । अलि बढी पैसा छ भने मुद्दती खातामा राख्न सकिन्छ । ६ महिनाको पनि राख्न सकिन्छ । बैंकहरूले प्रतिस्पर्धा गरेर निक्षेप संकलन गरे । यस्तो तरिकाबाट डिपोजिट गर्दा बैंकको होल सिष्टमलाई नै असर पार्छ । यस्तो बेलामा राष्ट्र बैंकले यसमा तिमीहरूले विचार गर है भन्नु पर्छ । खबरदारी गर्नुपर्छ । म पूर्ण रुपमा विश्वस्त छु कि अहिलेको राष्ट्र बैंक नेतृत्वले यो परिस्थितिको सम्बोधन गर्ने गरी मौद्रिक नीति ल्याउनु हुन्छ भनेर ।

लाइफ भनेकै ब्यालेन्स हो । धेरै तल पनि जानु हुँदैन, माथि पनि जानु हुँदैन । लो कष्ट र हाई कष्टलाई ब्यालेन्स गर्न सक्नुपर्छ । नेपाल इन्भेष्टमेन्ट बैंकमा बचतमा ४० प्रतिशत निक्षेप छ । महँगो र सस्तोबीच ब्यालेन्स मिलाउनु पर्छ । बैंकले बचतमा पनि ३÷४ प्रतिशत ब्याज दिइनै रहेको थियो । 

राष्ट्र बैंकले यो मौद्रिक नीतिमा एक्ट्रा अडिनरी हुुनुपर्छ । नर्मल भएर हुँदै हुँदैन । राष्ट्र बैंकले तत्कालका लागि नभइ उद्योग व्यवसायलाई दुई तीन वर्षसम्म रिलिफ दिने गरी हेर्नुपर्छ । कतिपय  उद्योगहरू ५ वर्षसम्म पनि रिभाइभ हुन सक्दैनन् । होटलहरू रिभाइभ हुन समय लाग्छ । ब्रेकइभन जान नै ३ वर्ष लाग्छ । नाफा कमाउन त गाह्रो छ । 

होटल क्षेत्रमा भ्रमण वर्ष भनेर प्रशस्त लगानी भएको छ । सोही अनुरुप पर्यटन आवागमन पनि बढ्दै गएको थियो । भूकम्पले केही समय डिष्टब भएपनि त्यसयता पर्यटन क्षेत्र राम्रो हुँदै गएको थियो  । अहिलेको वर्ष २० लाखै नभएपनि १५ लाख पर्यटक आउने त  पक्का नै थियो । ५० प्रतिशत ग्रोथलाई धेरै राम्रो नै मान्नु पर्छ ।  अहिले परिस्थिति नै यस्तै आयो । 

सधै राम्रो भइरहेको बैंकहरूलाई एक/दुई वर्ष गाह्रो हुन्छ । यसले खासै असर पर्दैन । सधै राम्रो नै भइरहनु पर्छ भन्ने पनि होइन । यो वर्ष बैंकको नाफा राम्रै हुन्छ, अर्को वर्ष भन्न सकिन्न् । पिकअप लिन पनि सक्छ । अमेरिकाले पिकअप गर्न लागिसक्यो । त्यहाँ धेरै लगानी भयो । नेपालमा त्यस्तो सम्भावन छैन । यस वर्ष दोस्रो चौमाससम्म बैंकहरूबाट राम्रो काम भएको छ ।  

सधै राम्रो भइरहेको बैंकहरूलाई एक/दुई वर्ष गाह्रो हुन्छ । यसले खासै असर पर्दैन । सधै राम्रो नै भइरहनु पर्छ भन्ने पनि होइन । यो वर्ष बैंकको नाफा राम्रै हुन्छ, अर्को वर्ष भन्न सकिन्न् । पिकअप लिन पनि सक्छ । अमेरिकाले पिकअप गर्न लागिसक्यो । त्यहाँ धेरै लगानी भयो । नेपालमा त्यस्तो सम्भावन छैन । यस वर्ष दोस्रो चौमाससम्म बैंकहरूबाट राम्रो काम भएको छ ।  

तलब दिन पनि गाह्रो भएको भइरहेको देशमा लगानी गर्न सक्ने सम्भावना नै भएन । अमेरिकामा आम नागरिकले कर तिर्न । हाम्रोमा त कर पनि तिर्न नमान्ने वा तिर्न नपरे हुन्थ्यो भन्ने । समस्या भयो भने सरकार सरकार भनेरमात्र भएन नि । सरकारसँग भन्नुभन्दा पहिला सरकारलाई आफूहरूले कति दिइरहेको छौ त भनेर पनि सोच्नु पर्छ । जे पनि सरकारलाई भनेर हुँदैन । यसलाई पनि सन्तुलन गर्नुपर्छ । यो राष्ट्र बैंकको हातमा छ । 

नाफा देखाए पछि लाभाशं दिनुपर्छ । ऋणीलाई ब्याजको स्याज समेत पुँजीकरण हुँदा अझ भार पर्ने भएकोले दुई वर्षसम्म केही रिलिफ दिन सक्नु पर्छ । यसको दोहोरो असर पर्न सक्छ । सरकारले केही सहुलियत दिनुपर्छ । लगानी गर्ने विजनेश म्यानलाई हेर्नुपर्छ । सकारात्मक सोचका अघि बढ्नु पर्छ । होटल, सिनेमा हल सबै रिभाइभ हुन्छ भनेर सोच्नु पर्छ । 

मौद्रिक नीति भनेको मूल्य वृद्धि नियन्त्रण गर्ने र रोजगारी सिर्जना गर्ने हो । अहिलेको परिस्थितिमा मूल्य वृद्धि भएपनि रोजगारी सिर्जना गर्नेतर्फ ध्यान जानु पर्छ । साउदी अरेबिया ७ लाख, मेलेलियामा ४ लाख, कतारमा ४ लाख अन्यमा ५ लाख गरी  २० लाख वैदेशिक रोजारीमा छन् ।

भारतमा भएका २० लाख गरी ४० लाख हुन्छन् । त्यसको २० प्रतिशतमात्रै स्वदेश फर्किए पनि उनीहरूलाई र वर्षिनै श्रम बजारमा थपिनेलाई देशभित्रै रोजगारी सिर्जना गर्नुपर्छ ।  अहिले अवस्थामा सम्झौता गरेर भएपनि लगानी गर्नुपर्छ । यसका राष्ट्र बैंक सकारात्मक छ । बढी तरलता भएर केही हुँदैन । 

अहिले मानिसहरू अत्यावश्यक खर्च गर्ने पक्षमा छैनन् । इन्फेक्शनको सट्टा डिफेक्शन होला भन्ने डर मलाई लागिरेहको छ । घरजग्गाको कारोबार घट्ला, अन्यको गतिविधि पनि घट्ला भनेर बसिरहेको पनि हुन सक्छ । कतिपय मानिस बैंकले सम्पत्ति अक्सन गर्ला र आफूहरू खरिद गरौंला भनेर योजना बनाएर बसिरहेका छन् । दुःख बेला आइरहेकोले भएको पैसा खर्च नगर्ने सोचमा पुगेका छौं । मलाई त मान्छेहरूले मालसमान किन्दै किन्दैनन् भन्ने भन्ने डर छ । 

सात प्रतिशत सरकारले भने पनि त्यो प्राप्त गर्न त्यति सजिलो छैन । यस वर्ष राखेको लक्ष्य नै महत्वकांक्षी थियो । अहिले राखेको लक्ष्य पूरा गर्न राष्ट्र बैंकले एक्ट्रा अर्डिनरी व्यवस्था गर्नुपर्छ । सरकारले गरेको कामलाई राष्ट्र बैंकले होस्टेमा हैसे त गर्नु पर्छ । 

यसको आधार तयार पार्न ब्याजदर झार्नुपर्ने हुन्छ । निक्षेपको ब्याजदर ३ प्रतिशत गरेर कर्जाको ब्याजदर साढे ६, सात प्रतिशत गरिदियो भने प्रभावकारी हुन्छ । यसले समस्यामा परेका उद्योगलाई पनि राहत मिल्छ । बिजनेश डुब्यो भने त बैंक पनि डुब्छ नि । व्यवसाय बच्यो भने हामी बच्ने हो । ११÷१२ प्रतिशत ब्याज लिएर उद्योग व्यवसाय गर्न सम्भव छैन ।  बैंकको कष्ट पनि बढ्दो छ । २ वर्षमा नाफा कम भएपनि अप्ठ्यारो समयमा उद्योगलाई हेरिदिनुपर्छ । 

प्रतिक्रिया दिनुहोस