एभरेष्ट इन्स्योरेन्सको ३ सय प्रतिशत हकप्रद भर्ने आजदेखि खुला - Aarthiknews
aarthiknews.com मंगलबार, २६ कार्तिक २०७६   Tuesday, 12 November, 2019
 
Bajaj_Bike

एभरेष्ट इन्स्योरेन्सको ३ सय प्रतिशत हकप्रद भर्ने आजदेखि खुला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १४ जेठ २०७६
Sunrise bank
एभरेष्ट इन्स्योरेन्सको ३ सय प्रतिशत हकप्रद भर्ने आजदेखि खुला
LBEF
NCH-IPS

एभरेष्ट इन्स्योरेन्स कम्पनीले चुक्ता पुँजी वृद्धि गर्नका निम्ति आज जेठ १४ गते मंगलबारदेखि १ शेयर बराबर ३  अर्थात तीन सय प्रतिशतको अनुपातमा ८२ लाख १९ हजार ४ सय ७५ कित्ता हकप्रद शेयर जारी गर्ने भएको हो । 

उक्त हकप्रदमा वैशाख ८ गतेसम्म कायम शेयरधनीले असार १६ गतेसम्म आवेदन दिन सक्नेछन् । हकप्रद शेयर प्रयोजनका लागि कम्पनीले वैशाख ९ गते बुक क्लोज गरेको थियो । 

२७ करोड ३९ लाख ८२ हजार चुक्ता पुँजी रहेको कम्पनीको हकप्रद शेयर निष्काशनपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ९ करोड ५९ लाख ३० हजार पुग्नेछ  । सो हकप्रद शेयरलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ  ।
 

प्रतिक्रिया दिनुहोस