aarthiknews.com विहीबार, ०९ बैशाख २०७८   Thursday, 22 April, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

पालिकाहरुले आज नीति, कार्यक्रम र बजेट ल्याउँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १० असार २०७७
Reliance life insurance
पालिकाहरुले आज नीति, कार्यक्रम र बजेट ल्याउँदै
Jagadamba
LBEF

काठमाडौं । आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट पालिकाहरुले आज आ-आफ्ना गाउँ र नगर सभामा पेस गर्दैछन् ।

संघ र प्रदेश सरकारले जस्तै पालिकाले पनि असार १० भित्र आ–आफ्ना सभामा नीति, कार्यक्रम तथा बजेट पेस गर्नुपर्ने व्यवस्था छ । केही पालिकाले नीति, कार्यक्रम तथा बजेट सभामा प्रस्तुत समेत गरिसकेका छन् भने धेरैले आज बजेट पेस गर्ने तयारी गरेका छन् । आउँदो वर्ष खर्च गर्न सक्ने मात्र बजेट ल्याउने पालिकाको तयारी छ ।

पालिकाले आगामी आर्थिक वर्षको बजेटमा कोरोना संक्रमण जोखिमपछिको अवस्था, स्वास्थ्य, कृषि र रोजगारीलाई जोड दिएका छन् । संघ सरकारले बजेट सार्वजनिक गरेको २७ दिन र प्रदेश सरकारले बजेट ल्याएको १० दिनपछि पालिकाले बजेट प्रस्तुत गर्न लागेका हुन् ।

पालिकाले पेस गरेको बजेट सभाबाट स्वीकृत भएपछि मात्रै खर्च गर्न सक्छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यसअघि नै पालिकालाई पत्राचार गरी संवैधानिक व्यवस्था अनुसार नै बजेट पेस गर्न परिपत्र गरेको छ । पालिकालाई संघ र प्रदेश सरकारले समानीकरण अनुदान, राजस्व बाँडफाँडबाट प्राप्त अनुदान, विशेष र सशर्त अनुदान शीर्षकमा रकम उपलब्ध गराएका छन् ।

प्रतिक्रिया दिनुहोस