काठमाडौं । गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०७७/ ७८ को लागि ३४ अर्ब ८४ करोड २१ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । आगामी आवको लागि गण्डकी प्रदेशले १४ अर्ब ३४ करोड चालु खर्च, १९ अर्ब ९९ करोड पुँजीगत खर्च र वित्तीय व्यवस्थातर्फ ५० करोड विनियोजन गरेको छ ।
आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रस्तुत गरिएको बजेटमा वित्तीय समानीकरण अनुदानबाट ७ अर्ब ११ करोड, सशर्तबाट ४ अर्ब २० करोड, समपूरक अनुदानबाट १ अर्ब र ४९ करोड विशेष अनु्दानमा ५४ करोड स्रोत जुट्ने भएको हो ।
गण्डकी प्रदेशले आगामी आवको लागि राजस्व बाँडफाँटबाट ७ अर्ब ५७ करोड, रोयल्टीबाट ३० करोड, प्रदेशको आफै आन्तरिक राजस्वबाट ४ अर्ब ६० करोड स्रोत जुटाइएको छ । यसपछि पनि हुन आउने न्यून खर्चको व्यवस्थापनको लागि ७ अर्ब रुपैयाँ चालु आवको मौज्दातबाट व्यहोर्ने बजेटमा उल्लेख गरिएको छ । वाँकी २ अर्बमध्य १ अर्ब प्रदेश सरकारको आन्तरिक ऋणबाट र १ अर्ब नेपाल सरकारसँग ऋण लिने गरी बजेट व्यवस्थापन गरेको छ ।