aarthiknews.com मंगलबार, २३ असार २०७७   Tuesday, 07 July, 2020
 
Citizen life

“चुरे पर्वत मालासँग जोडिएका विकासका सम्भावना”

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २४ जेठ २०७७
Sunrise
HIb
“चुरे पर्वत मालासँग जोडिएका विकासका सम्भावना”
LBEF

नेपालको पर्व कोशीदेखि पश्चिम अत्तरियासम्म फैलिएको चुरे पर्वतमालाको भू-बनावट असाध्यै कमजोर प्रकृतिको पाँगा माटोले बनेको धरातल भएको कारण यसको आय स्थिर नभएको विषयले सबै सरोकारवालाहरुलाई चिन्तित वनाउन स्वाभाविक छ । एकातर्फ विश्व जगतमा बढ्दै गएको पर्यावरणीय असन्तुलनका कारण जलवाय परिवर्तनको शिकार भएको विश्व समूदायलाई प्राकृतिक सम्पदा संरक्षणतर्फ सजग गर्न गराउन आजको टड्कारो आवश्यकता महसुश गर्दै विश्व समूदायको ध्यान त्यसतर्फ खिच्न जरुरी छ । 

प्राकृतिक सम्पदाले भरिपूर्ण नेपालको सम्पदा संरक्षण एवं सम्वद्र्धनमा सबैको गम्भिर ध्यानाकर्षण हन जरुरी छ । अतुलनिय प्राकृतिक सम्पदामध्यको चुरे पर्वतमाला त्यस्तो सम्पदा मान्न सकिन्छ जसको समुचित संरक्षण ,सम्वर्धन र उपयोगबाट दीगो आर्थिक विकासका लक्ष्य निर्धारण गर्न सकिन्छ । राज्यको कुल वजेटको एकचौथाइ हिस्सा उत्पादन क्षमता रहेको चुरे क्षेत्र भित्र लुकेको सम्भावनाको खोजी आवश्यक छ । 
  १ चरे क्षेत्रको आयुको स्थिरता
  २ हरित भमि निर्माण
  ३  पानीका श्रोतहरुको भण्डारण 
  ४ सिम्सारक्षेत्रको खोजी तथा पनरुत्थान
  ५ जडीवुटी संरक्षण संवर्धन र उपयोग

 संरक्षणका उपायका लागि सुझाव तथा कार्यान्वयनमा अग्रसरता : चुरेक्षैत्रको आयुको स्थिरता ःः पूर्वदेखि पश्चिमसम्म फैलिएका चुरे पर्र्वत श्रृंखलाको भूवनावट पर्वतमालाको उत्तर र दक्षिण तर्फ पानी ढलो धरातल रहेको हँुदा वर्षायाममा पर्वतको थाप्लोमा पर्ने आकाशीय वर्षाले वर्षेनी बगाएर लैजाने कमलो माटाका ेकारण चुरेकोमाटो क्षय भइरहेको छ । यसका साथै चुरेक्षत्रको अत्यधिक मानव दोहन , चोरी तस्करी, दाउराजन्य इन्धनको अधिक उपयोग, खुल्ला चरिचरण , अव्यवस्थित बसोवास ,चोरी शिकारी जस्ता अवैध गतिविधिका कारण चुरेको आयू स्थिर छैन ।

 विगत दिनहरुमा चुरेक्षेत्रका संरक्षणका लागि पर्याप्त लगानी भने नभएका होइनन् या त चुरे वन विकास परियोजनाको नामबाट होस वा खहरे तथा खोलाहरुका तटीयक्षत्रमा स्थानीय तहका वडादेखि राष्ट्रियतह सम्मका सरकारी तथा गैह्र सरकारी संघ संस्थाहरुबाट समेत  बाँध निर्माण लगायतका रोकथामका काम  भएका त हुन । तर दीगो तथा स्थायी समाधान नहुनाका कारण समस्या ज्यूँ का त्यूँ मात्र रहेनन् थप बल्झिए र विकराल हुन पुगे भन्दा फरक पर्दैन ।

चुरे पर्वतमालाबाट उत्तर र दक्षिण तर्फ वहने खोला खहरे खोल्सीहरुले वहाएर लग्ने माटोले आवादी तर्फका उर्वर जमिनहरु बस्तीहरु जेखिममा  रहनु पर्ने वाध्यता आजसम्म पनि यथावत छ । रोकथामका कार्यहरु आजसम्म पनि भै रहेकै छन । चुरेको उर्वरा माटो शीर तर्फ नै रोक्नका लागि हरेक खोला तथा खहरेहरुका सहायक खहरे, खोल्सीहरुका शीरदेखि नै पैरो नियन्त्रण, गल्छी नियन्त्रण, तहगत पोखरीहरु निर्माण एवं ठूला तथा साना जलाशयहरु निर्माण गरेर माटोलाई शीर तर्फ रोक्न सकिन्छ भने आवादी तर्फ वृक्षारोपण गर्न सकिन्छ ।

 नाराहरु “चुरेको माटो चुरेलाई सफा पानी आवादीलाई” धेरैले यो नारालाई सँुगा रटाई मात्र रटाइ गरेको पाइन्छ । किनकि चुरेको माटो शीर तर्फ नै रोक्ने गरी प्रयास भएको कतै छ भने सिन्धुली जिल्लामा वहने रातु खोलामा प्रयास भएको जानकारीमा आएको छ । 

 हरित भूमि निर्माण  ः चुरेकोमाटो शीर तर्फ माटो  व्यवस्थापन भए पश्चात आवादीतर्फ बन्न गएको वलौटे मैदानमा स्थानीय जन समूदायको सहभागितामा वृक्षारोपण गर्न सकिन्छ । यस कार्यबाट स्थानीय जनसमूदायले स्थानीय क्षेत्रमै सहजरुपमा घाँस दाउरा प्राप्त गर्न सक्ने भएकोले वन जोगाउन तथा हरित भूमि निर्माण गरी जलवायु परिवर्तनको जोखिम न्यूनीकरण गर्न सकिन्छ ।

पानीका स्रोतहरुको भण्डारण : चुरे पर्वत क्षेत्र पानी तथा जलको उद्गम स्थल पनि हो । यहीँबाट वहने वर्षायामको पानीले पर्वतका उत्तरतर्फका उपत्यका ,दुन र भावर क्षेत्रका लाखौ विघा जमिन र दक्षिण तर्पर्m तराइका लाखौ विघा समथर फाँटहरुमा सिचाइ सुविधा पुर्याउने  गरिन्छ तर यी सिचाइका व्यवस्थापन उचित न भै अनियन्त्रित भएका कारण यदाकदा बाढीका कारण किसानहरुले ठूलो धनजन को क्षति वेहोर्न परिरहेको कहाली लाग्दो कथाव्यथा सुनिरहन पर्छ । 

चुरे पर्वतबाट वहने खोला, खहरे भित्र लुकेको अर्को महत्वपूर्ण विशेषता चाही के हो भने जंगल क्षेत्रसम्म हँदा पानी सहित वहने र आवादी तर्फ आइपुग्ग्दा उराठ लाग्दो वलौटो मात्र देखिने धेरै यस्ता खोलाहरु छन जसका १४, १५ वटासम्म सहायक खोल्सा, खोल्सी ,खहरेहरु पर्दछन ।
 यस्ता वाह्रैमास पानी वगीरहने स्थानहरुको खोजी गरी ठूला साना जलाशय ,पोखरी ,ताल तलाउ वनाउदा आवादी क्षेत्रमा ठूलो फायदा पग्ने सम्भावना रहने भएकोले  नीति निर्माताहरुको यस तर्फ ध्यान जान जरुरी छ ।

 यसरी भण्डारण हुने पानीबाट लघु जल विद्युत , जलाशयबाट निकाश हुने पानीबाट आवादी तर्फ वाह्रमास सिचाईंका लागि नहर निर्माण गर्न सकिने , निर्माण हुने जलाशय तथा जल भण्डारहरुमा मत्स्यपालन,कछुवा तथा साना गोहीपालन, पौडीक्रीडा, ढुंगा शेयर जस्ता कार्यक्रमबाट दीगो आयआर्जनको मार्ग अवलम्वन गर्न सकिने सम्भावना छ ।
सिम्शार क्षेत्रको खोज पश्चात पुनरुत्थान ः चुरे पर्वतबाट वगेर वनेका वलौटे मैदान बारे चर्चा गर्दै बुढापाकाहरु यसो भन्छन आजको ४, ५दशक अगाडि देखिने सैयौ पानीका मुहान ,भुलभुलेहरु , ठुलठुला दह तथा पोखरीहरु वन जंगल भित्र भेटिने थुप्रै जलाशय तथा सिम्सारहरु हराएर गएका छन यसो भनिरहँदा मानव जातिकै प्राकृतिक दोहनका कारण धेरै सम्पदाहरु लोप भएर गएकाछन बेलैमा नसोचे अरु लोप हुने सम्भावना रहेको छ ।

 जडीवुटी संरक्षण सम्वर्दन र उपयोग : एउटा समय थियो घर र वस्ति वरिपरि जडीवुटीहरु हर्रो ,वर्रो, अमला, वकाइनो , चिउरी ,निम, जेठीमधु, साज, सेतोसाज लगायत प्राकृतिक  रुपमा पाइने विविध जडीबुटीहरुलाई आज आएर कुकाठमा परिभाषित गर्दै दोहन गरिदा छन रेखदेख ,नियन्त्रण कही कसैको देखिन्न । समूदायलाई जिम्मेवारी दिए पनि अपनत्व स्विकार गरेको वा कर्तव्यवोध भएको कतै देखिन्न यत्रतत्र गिटी वालुवा ढुंगा निकाशी जताततै बाटोघाटो निर्माण आदिका कारण जैविक विविधता क्षय भएर गएको छ ।

  उपसंहार :  सम्वेदनशिल चुरे क्षेत्रको संरक्षणमा सरोकारवाला सबै, नीति निर्माताहरु  वा तीनै तहका सरकार,स्थानीय सरोकार समूह जगावाला किसानहरु,स्थानीय संघसंस्थाहरु,शिक्षकहरु, विद्यार्थीहरु सबैको समन्वय ,सहभागिता,र सहकार्य हुन सकेमा र असम्भव भन्ने कुरा केहि पनि छैन । साथै सम्बन्धित क्षेत्रमा रहेका विद्यालयहरुमा अध्यापन गर्न स्थानीय पाठ्यक्रम निर्माण गरी कार्यान्वयनमा जाँदा दीगो संरक्षणमा लाग्ने तर्फ सबैको ध्यान जानु जरुरी छ ।            
 

प्रतिक्रिया दिनुहोस