aarthiknews.com विहीबार, ०९ बैशाख २०७८   Thursday, 22 April, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

भन्सारबाट छुटेका विद्युतीय गाडीको कम्पनीले भन्यो, यी मितिमा यसरी आएका हुन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २३ जेठ २०७७
Reliance life insurance
भन्सारबाट छुटेका विद्युतीय गाडीको कम्पनीले भन्यो, यी मितिमा यसरी आएका हुन
फाइल तस्विर
Jagadamba
LBEF

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक हुनुपूर्व भन्सारबाट छुटेका विद्युती सवारी साधनका बारेमा धेरै चर्चा भएपछि विद्युतीय सवारी साधन आयतकर्ता कम्पनी पारामाउन्ट मोटर्सले सवारी साधन आएको मिति सार्वजनिक गरेको छ । 

कम्पनीले बिहीबार राति प्रकाशित गरेको विज्ञप्तिमा कार्तिक २९ गते देखि जेष्ठ ७ गतेसम्म विभिन्न मितिमा गरि १२० वटा विद्युतीय सवारी साधन नेपाल ल्याएको जनाएको छ । 

बजेटमा विद्युतीय सवारी साधनको भन्सार वृद्धि गर्ने सरकारी सूचना चुहावट गरी÷गराई अनावश्यक लाभ लिन बजेटको एक दिन अगाडि सवारी साधन भित्र्याएको भन्ने आरोपको कम्पनीले खण्डन गरेको छ । 

कम्पनीले अग्रिम बुकिङ्ग गरेको आधारमा एमजी मोटर्सका विद्युतीय सवारी साधनको प्रतितपत्र (एलसी) खोलि आयात गरेको बताएको छ । विभिन्न समयमा खोलिएका प्रतितपत्र अन्तर्गतका सवारी साधन नेपाल ल्याउने क्रममा नेपाली सीमामा आई पुगेका र भन्सार छुटाउनु अघि ड्राइ पोर्टमा धेरै दिन कन्टेनरमा सवारी साधन राख्नु पर्दा ढिलाई भएको विज्ञप्तिमा उल्लेख छ । ढिलाई हुँदा क्षति (डिमोरेज) शुल्क तिर्नु पर्ने हुनाले समयमै भन्सार छुटाई सवारी साधनलाई नेपाल ल्याएको कम्पनीले जनाएको छ । 

१२० यी सबै सवारी साधन सोहि बुकिङ्ग मुल्यमा नै बुकिङ्ग प्राथमिकताको आधारमा आफ्ना ग्राहकलाई हस्तान्तरण गर्ने भएकाले बढेको करबाट अनावश्यक फाइदा नलिने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

पारामाउन्ट मोटस प्रालिका जनरल म्यानेजर सचिन अर्यालले जारी गरेको विज्ञप्तिमा  एमजी मोटर्सका गाडी नेपाल भित्रिनु र बजेट भाषणसँग यसको कुनै सम्बन्ध नरहेको पनि जानकारी गराउन चाहान्छौं भनिएको छ । सम्पूर्ण प्रक्रिया पुरा गरेर प्रतितपत्र अनुसार ड्राइ पोर्टमा पुगेका गाडीहरु भित्र्याएको कम्पनीले स्पष्ट पारेको छ । 

प्रतिक्रिया दिनुहोस